इम्युनिटी पावर बढाउने औषधि धुलाबारीमा निःशुल्क वितरण

  प्रकाशित मिति
१५ असार २०७७, सोमबार २०:३३


मेचीनगर । मारवाडी सेवा समाज नेपाल र मेची अभियानले कोरोना भाइरसको महामारीका बेला रोगसँग लडन सक्ने रोगप्रति रोधक क्षमता (इम्युनिटी पावर) बढाउने औषधि निःशुल्क वितरण गरिरहेको छ ।

धुलाबारीमा पनि मेची अभियान र मारवाडी सेवा समाजले कोरोना भाइरसको रोकथामका लागि इम्युनिटी पावर बढाउने औषधि निःशुल्क वितरण गरिरहेको हो ।

उक्त औषधि खाँदा माछा, मासु तथा लसुन र प्याँज खान नहुने समाजको भनाई छ ।

सानो सिसिको बोतलमा पाइने उक्त औषधि विहान खाली पेटमा २ गोली तीन दिनसम्म खानु पर्नेछ ।

त्यस्तै २ गोली हप्तामा एक पटक तीन हप्तासम्म खानु पर्ने समाजको भनाई छ ।

पुरानो हङकङ मार्केटले चिनिएको धुलाबारी सिरानको बजारमा जैन सभाको जैन होमियोपेथिकले औषधि प्याकेजिङ गरेर समाज र मेची अभियानले वितरण गरिरहेको संयोजक विजय डालमियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: