युनुस सहारा पुरस्कारबाट श्रेष्ठ र सुवेदी पुरस्कृत

  प्रकाशित मिति
२७ कार्तिक २०७३, शनिबार १६:४८


sahara

 

बिर्तामोड २७ कार्तिक । मुलुककै उत्कृष्ट सहकारी मध्येको एक सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड चारपाने झापाको २० औ बार्षिक साधारणसभा शनिवार भब्य रुपमा सम्पन्न भएको छ ।

राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार र युनुस सहारा पुरस्कार बितरण लगायत आगामी कार्ययोजनाको घोषणा गर्दै साधारणसभा सम्पन्न भएको हो ।

राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कारबाट यसबर्ष लघुबित्त अभियान्ता शंकरमान श्रेष्ठ पुरस्कृत भएका छन् । पुरस्कारको राशी एकलाख रुपैयाँ रहेको छ । सम्मानित व्यक्ति काठमाडौ निवासी हुन् । श्रेष्ठ २० बर्षको उमेरदेखि लघुबित्तको क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व हुन् । बित्तीय सेवामा पहुँच नपुगेका त्यस्ता व्यक्तिको आर्थिक पक्षमा काम गरेका श्रेष्ठले ७५ वटै जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा लघुबित्त अभियान सञ्चालन गरेका थिए । उनलाई कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद वडालले नगदसहित प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै, युनुस सहारा पुरस्कारबाट मोरङ सुन्दरदुलारीकी दुर्गादेवी सुवेदी पुरस्कृत भएकी छिन् । उनलाई नगद ५१ हजारसहित प्रमाणपत्रले सम्मान गरिएको हो । पुरस्कृत महिला कुखुरा व्यवसाय गर्दै आएकी व्यक्ति हुन् । पुरस्कारबाट आफुलाई अझ हौसला मिलेको उनले बताइन् ।

कार्यक्रममा सगरमाथा आरोही झापाका अनिष लुइँटेललाई सद्भावना दूतको रुपमा घोषणा समेत गरियो । उनले सहारा साकोसको झण्डा सगरमाथाको चुचुरोमा पुर्याएका थिए । सो झण्डा उनले कार्यक्रममा संस्थाका अध्यक्ष ताराप्रसाद संजेललाई हस्तान्तरण गरे ।

सामाजिक, आर्थिक तथा स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आएको सहाराले निःशुल्क स्वास्थ्य सेवा शुरु गरेको औपचारिक घोषणा साधारणसभाबाट गरिएको छ । सो सेवामा सहकारी संघका अध्यक्ष वडाल सहभागी भएको जानकारी दिइयो । त्यस्तै साधारणसभामा सहारा र हाम्रो बहुउदेश्यीय सहकारी संस्था(हावस) मेचीनगरबिच एकीकरण भएको औपचारिक घोषणा गरिएको छ । सहाराका अध्यक्ष ताराप्रसाद संजेल र हावसका अध्यक्ष हरिचरण बानियाँले दुवै संस्था एकता भएको सन्देश प्रवाह गरेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष संजेलले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बार्षिक नीति, कार्यक्रम तथा बजेट प्रतिवेदन सार्वजनिक गरे । ३४ हजार रुपैयाँबाट शुरु गरिएको सो संस्थामा हाल एकलाख सदस्य संख्या रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका सदस्य ज्ञानुनाथ मैनाली र शुक्रबहादुर तामाङले सञ्चालन गरेको कार्यक्रममा पुरस्कृत व्यक्तिद्धय शंकरमान श्रेष्ठ, दुर्गादेवी सुवेदी, सांसद रविन कोइराला, सुधिरकुमार शिवाकोटीलगायतले बोलेका थिए । उनीहरुले सहाराले वित्तीय क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गरे ।

बिर्तामोड २७ कार्तिक । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद वडालले आर्थिक विकास र सामाजिक रुपान्तरण गर्न अझै बाँकी रहेको बताएको छन् । सहारा बचत तथा ऋण सहकारी संस्थाको शनिवार सम्पन्न २० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक विकासमा सहकारीले महत्वपूर्ण भूमिका खेले पनि अझै काम गर्न बाँकी रहेको बताएका हुन् ।

‘सहकारी बिना आर्थिक समृद्धि असम्भव छ, उनले भने ‘त्यसैले सहकारी आन्दोलनलाई गन्तव्यमा पुर्याउन सहकारी अभियन्ता एकजुट हुन आवश्यक छ ।’ सहाराले वित्तीय क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै े वडालले मानव विकासका निम्ति ऐतिहासिक काम गरेकोमा प्रशंसा गरे । सहाराको झण्डा सगरमाथा आरोहीले चुचुरोमा पुर्याएर संस्थाको शिरलाई उचो बनाउने काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: