युपीबाट काँकरभिट्टा आएका संक्रमित होम क्वारेन्टाइनमा थिए

  प्रकाशित मिति
७ असार २०७७, आईतवार १६:४८


।। अर्जुन कार्की ।।

मेचीनगर । मेचीनगर–६ नम्बर वडाका कोरोना संक्रमित ३३ वर्षीय पुरुष होम क्वारेन्टाइनमा बसेका थिए ।

उनी भारतको युपीबाट गत जेठ ३० गते मेचीपुल आएका हुन् । उनलाई लिन उनका बुबा र एक जना वडा सदस्य पनि मेचीपुल गएका थिए ।

मेचीपुलबाट उनलाई नेपाल नम्बरको कारले काँकरभिट्टा स्थित मनकामना होटलमा छोडेको थियो । कारमा उनी र चालक मात्र थिए । उनलाई एक दिन त्यहिँ होटलमा राखिएको थियो ।

चालकले कोरोना सुरक्षा सम्बन्धि कुनैपनि स्वास्थ्य सामग्री प्रयोग नगरिएको बुझिएको छ ।

होटलको एक दिनको बसाईपछि होम क्वारेन्टाइनमा गएका थिए । काँकरभिट्टा स्थित दुई तला घरको एटेज बाथरुम भएको एउटा कोठा उनलाई प्रयोग गर्न दिएको थियो ।

तलो तलामा उनका अन्य परिवारका सदस्य बसेका थिए । परिवारले उनलाई दैनिक खाना परबाट दिने गरेको बुझिएको छ ।

उनको असार ३ गते पीसीआर परीक्षण गरिएको थियो । आइतबार पीसीआरको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

८ महिना अघि युपि गएका उनी घर फर्किदा बागडुग्रासम्म हवाई जहाजमा आएका थिए । उनको उतै पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको परिवारकोे दावी छ ।

संस्कृतका गुरु उनी युपिको संस्कृत पाठशालामा पढाउने गरेको जनाइएको छ ।

कोरोना पोजेटिभ देखिएका उनलाई आइतबार दिउसो मेचीनगरको स्वास्थ्य टोलीले एम्बुलेन्समा हालेर मोरङ स्थित गोठगाँउको कोभिड अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: