युवतीको वयान–‘घाँटी थिचेकी थिएँ’

  प्रकाशित मिति
४ फाल्गुन २०७२, मंगलवार ०७:१२


mahila

विर्तामोड । सोह्र दिन अघि विर्तामोडस्थित नयाँ वसपार्कको एक होटलमा रहस्यमय रुपमा मृत फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय मनोरथ पाठकको ‘घाँटी थिचेर हत्या’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लामो समय वैदेशिक रोजगारीमा गएर केही महिना अघि फर्केका मनोरथ घरका सदस्यहरूलाई सुइँको नदिई छिमेककै एउटी केटी साथीसँग होटलमा बस्दै आएका थिए । उनलाई विर्तामोड बसपार्कको एउटा कोठामा मृत अवस्थामा गत माघ १६ गते साँझ ६ः५० बजेतिर होटल सञ्चालकले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी स्रोतका अनुसार पाठकसँग होटलमा बस्दै आएकी कनकाई–३ सुरुङ्गाकी १९ वर्षीया प्रमिला विकले सामान्य विवादमा पाठकको ‘घाँटी थिचेको’ प्रारम्भिक वयान दिएकी छन् ।

विवादको व्रmममा केहीवेर घाँटी थिचिसकेपछि मनोरथ चलमलाउन छाडेको र त्यसपछि डर लागेर आफु होटलको कोठाको चावी लगाएर भागेको प्रमिलाले प्रहरीलाई पहिलो वयानमा बताएकी हुन् ।

घरमा छोराछोरी र पत्नी भएका मनोरथ र वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पति भएकी प्रमिला विगत एक महिनादेखि पटकपटक होटलमा सँगै बस्दै आएका थिए । सानो गाडी किन्ने भनी केही नगद समेत लिएर घरबाट हिँडेका मनोरथ र प्रमिला विर्तामोडको होटलमा आउनु अघि धरानको अर्को होटलमा निकै दिन बसेका थिए ।

उनीहरू माघ ११ गतेदेखि विर्तामोडको होटलमा कोठा बुक गरेर बस्दै आएको प्रहरीको भनाई छ । प्रमिलालाई आफ्नी पत्नी बताएर कोठामा बस्ने गरेका मनोरथले होटलको दर्तामा प्रमिलाको बारेमा उल्लेख गरेका थिएनन् । मनोरथको मृत्युपछि प्रमिला फरार थिइन् ।

‘मृतकको एउटा गालामा सामान्य कोतरेको दाग बाहेक शरीरका बाहिरी कुनै अङ्गमा समेत चोटपटक नभएका कारण मनोरथलाई कसैले हत्या गरेको होला भन्ने अनुमान नै गर्न कठिन थियो’, अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्–‘सँगै बस्दै आएकी भनिएकी केटी साथी भागेपछि चाहिँ शङ्का उब्जिएको थियो ।’

फरार रहेकी प्रमिलालाई प्रहरीले होटलमा रहेको सीसीटीभीको फुटेजका आधारमा पहिचान गरेको थियो । मृतक मनोरथको मोवाइलमा भएको नम्वरका आधारमा समेत प्रमिलाको पत्तो लागेको थियो ।

प्रहरीका अनुसार मनोरथको मृत्युपछि प्रमिला साविक भद्रपुर–११ घोडामारास्थित आफन्तको घरमा लुकेर बस्दै आएकी थिइन् । प्रहरीले माघ २७ गते उनलाई पव्रmाउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार मनोरथले प्रमिलालाई विहे गर्ने भनेर सँगै लिएर हिँड्ने गरेका थिए । तर मृत्यु हुनु अघि मनोरथसँग प्रमिलाको विहेकै विषयमा सामान्य भनाभन र विवाद भएको थियो । त्यही विवादका बेला घाँटी थिच्दा मनोरथको मृत्यु भएको प्रमिलाले प्रहरीसँगको केरकारमा बताएकी छन् । ‘पोस्टमार्टम जाँचको रिपोर्ट आउन बाँकी नै छ’, प्रहरी स्रोत भन्छ–‘मृत्युको कारण घाँटी थिचेर भएको हो कि अरु नै कुनै कारण छ भन्ने विषयमा हामी थप अनुसन्धान गर्दैछौँ ।’ प्रहरीले कत्र्तव्य ज्यान मुद्दामा प्रमिलालाई झापा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: