युवाको अग्रसरता र देवकोटा पार्क

  प्रकाशित मिति
१३ कार्तिक २०७३, शनिबार ०८:५६


d-park-1-1

नेपालको पूर्वी प्रवेशद्वारका रुपमा रहेको काँकरभिट्टा बजार अनेकन कुराले चर्चामा आइरहन्छ । काँकरभिट्टामा भन्ने बित्तिकै धेरैको बुझाइ नाकाको सहर भन्ने मात्र हुन सक्छ । तर, काँकरभिट्टालाई त्यसरी मात्र बुझ्ने हो भने त्यो काँकरभिट्टाका लागि मात्र होइन, हामी त्यस क्षेत्रका बासिन्दा सबैमा ठूलो अन्याय हुन्छ । आजका दिनसम्म आइपुग्दा काँकरभिट्टाले यो देशको शिर उँचो पार्ने थुप्रै कार्य सफलता पूरा गरिसकेको छ । त्यतिमात्र होइन, काँकरभिट्टाले आफ्नो परिचयमा साहित्य, कला, संस्कृति अनि खेलकुदलाई पनि समेटेर थप फराकिलो बनाउँदै लगेको छ । सिमान्त सहर जहाँ भन्सार र प्रहरी प्रशासनको चेक जाँच मात्र होइन, साहित्य र नेपालीको पहिचानसँग जोडिएका थुप्रै आधार स्तम्भ र धरोधरहरुको प्रतीक देख्न पाइन्छ ।

काँकरभिट्टा सहरले महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य मात्र होइन, किराँत भाषाका लिपीको आविष्कारक सिरिजङ्गा र राजा बलिहाङलाई पनि सम्मान र गर्वसाथ विराजमान गराएको छ । यी सबै राष्ट्रिय धरोहरहरुलाई संरक्षणका लागि काँकरभिट्टाबासी मात्र होइन, सिङ्गो मेचीनगरबासी नै एक भएर लागिरहेको अवस्था छ । सबै धरोहरहरुको शालिक स्थापना भएको स्थान सारा नेपालीका लागि मात्र होइन, मुलुक बाहिर रहेका नेपालीभाषीहरुका लागि पुजनीय थलोको रुपमा स्थापित छ । खासगरी आदिकवि भानुभक्त र महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिक भएको स्थान अरु स्थानभन्दा अलि बढी नै व्यवस्थित पारिएको छ । आदिकवि भानुभक्तको जन्मजयन्ती त मुलुककै भव्य कार्यव्रmमका रुपमा काँकरभिट्टाले मनाउँदै आइरहेको छ ।

यतिबेला नेपालीको दोस्रो ठूलो पर्वको रुपमा रहेको तिहारसँगसँगै महाकवि देवकोटाको जन्मदिन पनि नजिकै आइरहेका बेला देवकोटा पार्कको चर्चा हुने कुरा सामान्य नै हो । तर, यो वर्ष देवकोटाको पूर्णकदको शालिकसमेत रहेको देवकोटा पार्कको चर्चा अलि फरक ढङ्गबाट भइरहेको छ । देवकोटा पार्कमा दस दिनअघि यदि तपाईं पुग्नु भएको थियो भने त्यो एउटा दुर्गन्धित स्थानको रुपमा देख्नु भएको होला । तर, आज देवकोटा पार्कले नयाँ जीवन पाएको छ । यो अवस्थामा देवकोटा पार्कलाई पु¥याउन काँकरभिट्टाका केही युवाहरु स्वतः स्फुर्त रुपमा दैनिक सरसफाइमा लागेका छन् । स्थानीय युवा गणेशकुमार खरेलको अगुवाइमा फणिन्द्र घिमिरे, शेखर थापा, प्रविण बानियाँ, दिपेश दाहाललगायतका युवा समूहले कुनै स्वार्थविना नै राष्ट्रका धरोहर महाकवि देवकोटाको शालिक भएको स्थान दुर्गन्धित हुँदा सारा नेपालीकै घर आँगन दुर्गन्धित भएको महसुस गरी ती युवाहरुले पार्क सरसफाइ गरेर अहिले चिटिक्क मात्रै पारेका छैनन्, यही कात्तिक १४ गते महाकवि देवकोटा जयन्तीसमेत भव्य रुपमा मनाउने तयारी गरिरहेका छन् ।

यसरी युवाहरु स्वतः स्फुर्तरुपमा आएर देवकोटा पार्क सरसफाइ गर्न सुरु गरेसँगै युवाहरुको सकारात्मक सोच र जाँगरलाई सहयोग र सद्भाव राख्ने अन्य स्थानीयको पनि साथ र समर्थन पाएर आज देवकोटा पार्क एउटा नयाँ पर्यटकीय गन्तव्य बन्नेतर्फ उन्मुख भइरहेको छ । युवाहरुको जोश र रचनात्मक सोचलाई सबैले साथ सहयोग दिने हो भने अन्य सेवामुलक काममा समेत उनीहरुको योगदान लिन सकिने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: