युवाको लागूऔषध मोह र सामाजिक अवस्था

  प्रकाशित मिति
१२ असार २०७९, आईतवार १०:४५


 

६० को दशकमा हिप्पीहरुको नेपालमा आगमन सँगै नेपाली युवाहरुको लागु औषध प्रतिको मोह यति वढ्दै गएको छ कि अव सहरका अलावा ग्रामीण क्षेत्रमा वस्ने युवाहरु समेत यसको चङ्गुलमा फसेका छन् । सुरुमा सुर्तीजन्य पदार्थ , अल्कोहल र गाँजा हुँदै प्रतिवन्धित कडा लागूऔषधको परनिर्भरतमा वाँच्न विवश भएकाहरुको संख्या १ लाख ३० हजार ४२४ रहेको सरकारी तथ्याङ्कले नै देखाएको छ । दैनिक जसो प्रहरीले लागूपदार्थ ओसारपसारमा सक्रिय रहेकाहरुलाई पक्रने गरेका घट्नाहरुले पनि लागुऔषधको प्रयोगमा युवाहरुको संख्या वढदै गएको प्रष्ट हुन्छ ।

गृह मन्त्रालयका अनुसार वार्षिक औसत वृद्धिदर विगतको ११.३६ प्रतिशतबाट घटेर ५.०६ प्रतिशतमा रहेको सर्वेक्षणले देखाएको छ । प्रयोगकर्तामध्ये पुरुषको संख्या १ लाख २१ हजार ६९२ अर्थात ९३.३ प्रतिशत तथा महिलाको संख्या ८ हजार ७३२ अर्थात ६.७ प्रतिशत रहेको छ । जसमा ५१.१ प्रतिशत (५१.९ प्रतिशत पुरुष र ३५.४ प्रतिशत महिला)ले एकान्त स्थानमा लागुऔषध प्रयोग गर्ने गरेको देखिएको छ ।

सर्वेक्षण अनुसार अधिकांश लागूऔषध प्रयोगकर्ताहरूले २० वर्ष भन्दा कम उमेरमा नै पहिलोपटक लागूऔषधको सेवन शुरु गरेको देखिएको छ । २० वर्ष भन्दा कम उमेरमा लागुऔषध सेवन गर्ने प्रयोगकर्तामध्ये ८८ प्रतिशतले गाँजाजन्य, ६३.४ प्रतिशतले अफिमजन्य, ५२.२ प्रतिशतले आनन्ददायी पदार्थ, ९२.३ प्रतिशतले सुँघ्ने पदार्थ, २३.८ प्रतिशतले भ्रमात्मक पदार्थ र ४५.८ प्रतिशतले उत्तेजनात्मक पदार्थ सेवन गरेको देखिन्छ । सबैभन्दा बढी प्रयोग गरिने लागुऔषधमा गाँजाजन्य पदार्थ ८४.७ प्रतिशत रहेको छ । त्यसपछि क्रमशः आनन्ददायीजन्य ७३.१ प्रतिशत तथा अफिमजन्य ४६.८ प्रतिशत रहेको देखिन्छ ।

तथ्याङ्कका आधारमा वृद्धिदर घटेको देखिए पनि लागूऔषधको ओसार पसारमा वृद्धि देखिनु चुनौति देखिन्छ । हालैको अवस्था हेर्ने हो भने तेस्रो देशवाट हवाइमार्ग हँुदै ठूलो परिमाणमा लागूऔषध भित्रने गरेको समेत देखिएको छ । नेपाल भारत विचको खुल्ला सिमाना लागूऔषधको ओसारपसार रोक्न अवरोध भएको भन्ने वारम्वारको दलिललाई यसपटक काठमाडौंमा ठूलो परिमाणको लागूऔषध पक्रिएको घट्नाले चुनौति थपेको छ । ठूलो र अत्याधुनिक सुरक्षा प्रणाली रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट लुकाइछिपाइ लागूऔषधको ठूलो परिमाण भित्रन सक्छ भने खुल्ला सिमानावाट कुनै पनि अवैध ब्यापार रोक्न कठिन रहेको प्रष्ट देखिन्छ ।

यस्तैमा नेपालमा गाँजा खेतीलाई नियन्त्रित रुपमा मान्यता दिने गरिको विधेयक संसदमा दर्ता भए पनि हालमा मितिसम्म विधेयक पास भएको छैन । लागऔषध नियन्त्रण ऐन २०३३ ले गाँजालाई समेत अवैध लागु औषधको रुपमा राखेका कारण यसको उत्पादन, प्रसोधन, ओसार पसार र सेवन सवै अवैध रहेकामा यदी कानुन वनाइ नियन्त्रित रुपमा उत्पादन गर्ने हो भने यसको प्रभाव के होला भन्ने विषयमा ठुलै वहसको आवश्यक देखिन्छ । किनकि नेपाल सरकारको तथ्याङ्कले नै सबैभन्दा बढी प्रयोग गरिने लागुऔषधमा गाँजाजन्य पदार्थ ८४.७ प्रतिशत रहेको देखाएको छ ,

गाँजा तथा गाँजाजन्य पदार्थको खेति उत्पादन तथा विक्रिवितरण माथि प्रतिवन्ध फुकुवा भएमा त्यसवाट मनग्य आम्दानी हुनुको साथै कृषकको जीवनस्तरमा सुधार हुने आम वुझाइरहेको छ । नेपाल सरका गृहमन्त्रालय अन्तर्गतको लागु औषध नियन्त्रण विभागका अनुसार नेपालले गाँजाको औषधिजन्य र अनुसन्धानमूलक प्रयोजनको लागि मात्र खुला गर्ने पक्षमा आफ्नो मत जाहेर गरेको छ । तर, गाँजाको खेती वा मनोरंजनका लागि फुकुवा भएको भने होइन ।

लागूऔषधको अवैध उत्पादन प्रयोग ओसारपसार तथा सञ्चयलाई नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा विभिन्न प्रयासहरू हँुदै आएका छन् । नेपालमा लागूऔषध नियन्त्रण ऐन २०३३ कार्यान्वयनमा आए पछि लागूऔषधको नियन्त्रणका क्षेत्रमा सरकारी तवरबाट माग घटाउ (म्झबलम च्भमगअतष्यल) तथा आपूर्ति नियन्त्रण (क्गउउथि ऋयलतचय)ि का पक्षमा केही कार्यहरू भई रहेका भएपनि यि कार्यक्रममा समुदायको संलग्नता हुन सकेको छैन । यो सामाजिक समस्या भएका कारण समुदायको प्रभावकारी संलग्नता विना यसको पूर्ण सफलता हुन सक्दैन ।

लागूऔषध नियन्त्रणमा आपुर्ति नियन्त्रणभन्दा पनि माग नियन्त्रण प्रभावकारी हुने भए पनि यो निरन्तर र लामो क्रियाकलाप भएकाले यसका लागि समुदायले समेत प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् । कुनै वस्तुको उपलव्धतामा नै रोक्ने कार्य आपुर्ति नियन्त्रण हो । कुनै वस्तु नै नभएको खण्डमा त्यस वस्तुको उपभोक्ता हुँदैनन् भन्ने मान्यतामा यो कार्यक्रम गरिन्छ तर उपभोक्ता भए र उनीहरुमा त्यस वस्तु प्रतिको इच्छा चाहना भएको खण्डमा अर्को स्थानमा समेत उपभोक्ता सर्ने खतरा यसमा रहन्छ ।

तर यसको विपरित जव कुनै वस्तु प्रयोग गर्ने उपभोक्ता नभएमा वा मानिसमा त्यस वस्तुप्रतिको इच्छा चाहना नै नभएको खण्डमा त्यस वस्तुका विक्रेताहरु नै उक्त स्थानवाट हट्न वाध्य हुन्छन । उदाहरणका लागि जतिसुकै लागूऔषध उपलब्ध भए पनि उक्त स्थानमा लागूऔषध सेवन गर्ने मानिसहरु नभएको खण्डमा क्रमश लागूऔषधका ब्यापारीहरु उक्त स्थान वा समुदायवाट आफै हट्न वाध्य हुनेछन् । खाने मानिस नभए पछि त्यो वस्तु चल्दैन भन्ने सामान्य सुत्रले काम गर्छ । अर्कोतिर उक्त वस्तुको ओसार पसार नियन्त्रणका लागि सुरक्षाकर्मीको आवश्यकता नै पर्दैन ।

यसका लागि समुदायमा लागूऔषध सम्वन्धी तथ्यहरु सार्वजनिक गर्ने, लागूऔषधले हजारौं युवायुवतीहरुलाई निस्कृय वनाएको, कतिको जीवन समाप्त पारेका दृष्टान्तका आधारमा समुदायमा वस्ने हरेक तप्काका मानिसहरुलाई चेतना दिने कार्य प्रमुख हुन्छ । हालसम्मको अध्ययनले लागू औषधका कारोवारीहरुले युवा युवतीहरुलाई अनेकन प्रलोभनमा पारी लत (वानी) लगाइ दिने र कुनै पनि ब्यक्तिको लागु औषधप्रतिको परनिर्भरताको फाइदा उठाई आफ्नो ब्यापार वढाउने देखिएको छ । यदि पर्याप्त चेतनाको विकास गरी लागूऔषधको परनिर्भरताका कारण यसवाट हुने घातक परिणामको वारेमा जानकारी दिने हो भने यो वस्तु प्रतिको इच्छा चाहना वढ्न सक्दैन ।

सरकारी तथा गैरसरकारी तवरवाट वर्षमा एक दिन अबैध लागूऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको दिवस मनाउनेका अलावा अव समुदायस्तरमा समेत लागूऔषध माग घटाउका कार्यक्रमको तीव्रता आवश्यक छ । विशेष गरि विद्यालय जाने उमेरका बालवालिकाहरु सहजै लागूऔषधको प्रयोगमा फस्न सक्ने भएका कारण विद्यालयमा दिने शिक्षाले विद्यालयमा मात्र नभइ समुदायस्तरमा समेत चेतना वढ्ने निश्चित छ ।

लागूऔषधका तथ्यहरुको आदान प्रदान गरौं र जीवन जोगाऔं भन्ने यस वर्षको मूल नारालाई ध्यान दिनु आवश्यक छ । लागूऔषध नियन्त्रण ऐन २०३३ का अनुसार वैध मानिएका लागूऔषधहरु सुर्तीजन्य र मदिराजन्य वस्तुहरु नै कडा खालका लागूऔषध प्रयोग गर्ने प्रवेशद्धारका रुपमा रहेको प्रष्ट छ । यस्तो अवस्थामा सुर्तीजन्य र मदिराजन्य पदार्थको वेचविखनलाई नियमन गर्ने र अवैध रुपमा उपयोग तथा ओसारपसालाई समेत नियन्त्रण गर्नु सवैको प्रमुख दायित्व हुनेछ । यसका अलावा जो आज लागूऔषधवाट मुक्त छन् तर जोखिममा रहेका छन् विशेष गरी युवाहरुलाई लागूऔषधका परिणामहरुको वारेमा प्राप्त तथ्यहरुका आधारमा सचेता फैल्याउन सक्ने हो भने ठूलो दायित्व निर्वाह गरेको ठहरिनेछ । यसका लागि अमुक दाता र सरकारको भरपर्नुभन्दा पनि समाजले सक्रिय भुूमिका निर्वाह गर्ने र स्थानीय सरकारहरु अगाडि आउन आवश्यक छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: