युवा आन्दोलन

  प्रकाशित मिति
८ असार २०७७, सोमबार १४:४६


                                                  विनय कार्की

विश्वमा कोरोना भाइरसको त्रास बढेको छ । सन् २०१९ को डिसम्वर अन्तिमतिर चीनको हुवानबाट सुरुभएको कोरोना सङ्क्रमणले विश्वमा आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा गहिरो असर पारिरहेको छ । नेपाल पनि कोरोना कहरबाट अछुत रहन सकेन । असार चार गते नेपालमा सङ्क्रमित सङ्ख्या असार ७ गतेसम्ममा नौ हजार नाघिसकेको छ, मृत्यु २० जना र निको भएका एक हजार बढी छन् । सिङ्गो राष्ट्रले करिब तीन महिना लामो लकडाउनको अनुभवसगै“ त्यसको निरन्तरता कायम छ । यसका कारणले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, बिकास निमार्ण, यातायात, उद्योग व्यवसाय, सेवा सुविधा जस्ता विभिन्न क्षेत्रहरुमा प्रभाव पार्यो । यो सगै“ बेरोजगारी बढ्यो । भोकमरी बढ्यो । अनिमियता बढ्यो । जवाफदेहिता र पारदर्शीता घट्यो । कुसंस्कार, कुरीति र बेथिती बढ्यो । जननिर्वाचित सरकारले जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन सकेन ।

२०७४ साल फागुन ३ गते सम्माननीय केपी शर्मा ओली प्रधानमन्त्रीे पदमा बाहाली भए पश्चात बारम्बार “म भष्ट्रचार गर्दिन र कसैलाई गर्न पनि दिन्न” भन्दै भष्ट्रचारप्रति शुन्य सहनशिलता हुनेछ भनेर आम जनतालाई बिश्वस्त पार्न खोज्नुभयो । त्यसको ठिक विपरीत कोरोनाको प्रशिक्षण गर्ने स्वास्थ्य सामाग्री खरिद प्रकृयामा सरकार र सरकार प्रमुख बदनाम हुने गरी ओम्नी काण्डले परिचित आर्थिक अनियमिता भएको भनी जनस्तरबाट प्रश्नहरु उठे । तर, सरकारले ओम्नी ग्रुप सगै“ यसै घटना सग“ संम्बन्धित कोही कसैलाई कारवाहीको प्रकृया अगाडि बढेन ।

लकडाउन भए पछि पनि नेपाल भारतका विभिन्न सीमानामा हजारौं नेपाली हारगुहार माग्दै आइपुगे तर सरकारले त्यति नै बेला त्यो चित्कार सुन्दै सुनेन । सीमानामा आएका नागरिकलाई आफ्नो देशको ढोका बन्द गरेर सरकारले गैरनागरिक सरह व्यवहार गर्यो । देश भित्र पनि श्रम र ज्याला मजदुरीका लागि घर भन्दा टाढा टाढा रहेका श्रमिक र कामदारहरुको सरकारले उचित व्यवस्थापन गर्न सकेन । सुरक्षित घर फर्काउने वा हालकै स्थानमा बस्दा आफ्नो र परिवारको गाँस, बास र कपासको सुरक्षा व्यवस्था गर्न सकेन । तर, प्रधानमन्त्रीकै निर्देशनमा समाजवादी फोरमका संसदहरुलाई बिभिन्न दाउपेचका लागि उच्च अहोदाका पदाधीकारीहरु खटाई रातारात काठमाडौं झिकाइयो ।
संसदलाई संम्बोधन गर्दै प्रधानमन्त्रीले दालभात, रोटि, सागसब्जी, बेसार खाने नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै हुन्छ भन्नु भयो । तर, त्यो समेत नपाएर मलर सदार र सुर्यवहादुर तामाङ्गहरु मर्नु पर्यो । दलित भएकै कारण रुकुम पश्रिमको चौरजहारीमा जेठ १० गते ६ जनाको सामूहिक नरसंहार हुनेगरी घटना घट्यो । त्यसका साथै बितेको तिन हप्तामा धनुषा र रुपन्देही पनि एक एक मारिए । क्वारेन्टाइनमा खाना पकाउने दलित कुटिए त्यस्तै पोखरामा एक दलित परिवारले आफन्तको मृत्यु पश्चात काज–क्रिया गर्न समेत ठाउ“ दिइएन । तर ,सŒाापक्षका सांसदहरु नै बडो हतारोका साथ गैरजिम्मेवार रुपमा संसदमा प्रस्तुत हुनुभयो । यस्ता घटनाहरु जातीय विभेद र उत्पीडनका उपज होइनन् भनि वकालत गरियो ।

  • समाज परिवर्तनका सम्वाहक मानिएका युवाहरुले नयाँ नेपाल निमार्णको प्रकृयामा आफ्नो आफ्नो गाउँ ठाउँमा हुने विकास निमार्णदेखि सामाजिक घटनामा निष्पक्ष भएर प्रश्न उठाउनु पर्छ । युवाहरु बिच एकता र सहकार्य अनिर्वाय र निरन्तर हुन आवश्यक छ ।

राहत वितरणमा दुरदर्शीता र सामाजिक न्यायको अभाव देखियो । योजना र नियमसङ्गत ढङ्गले राहतको वितरण भएको देखिएन । सुरुवाती दिनहरुमा कोरोना कहरविरुद्घ जनता, प्रहरी प्रशासन र जनप्रतिनिधि एकजुट भएर जुन प्रकारको सहकार्य र समन्वय देखिएको थियो समयक्रममा त्यसको निरन्तरता हुन सकेन । फलस्वरुप राहत वितरण, लकडाउनको प्रभावकारी कार्यान्वयन, जनचेतना र जनस्वास्थमा बढेको चासो र तदारुतmामा लकडाउन अवधि र सङ्क्रमित बढेतापनि उल्लेखनीय ह्रास आयो । अहिले आइपुग्दा क्वारेन्टाइन आफै असुरक्षित र जोखिमयुत भएका छन् । क्वारेन्टाइनभित्र घटेका बलात्कार र हिंसाका घटना, खान बस्नको उचित व्यवस्थापनको अभाव, सरसफाइ र शुद्ध पिउने पानीको अभाव, ट्वाइलेट बाथरुमको अभाब जस्ता बिभिन्न समस्यहरु क्वारेन्टाइनमा देखिए ।

करिव तीन महिनाको अन्तरालमा पीसीआर टेस्ट सीमित मात्रमा गरिनु, क्वारेन्टाइनबाट घर फर्केकाहरुमा कोरोना पुष्टी हुनु, मृत्युपछि मात्र कोरोना पोजेटिभ भन्ने थाहा हुनु, टेष्ट र रिपोर्ट प्रकृया निकै सुस्त गतिमा अघि बढ्नु, आरडिटी बिश्वसनियता कम हुनु र त्यसैलाई प्राथमिकता दिंदा आम मानिसमा गुनासाहरु बढ्न थाल्यो । यसैबिच सरकारले कोरोना व्यवास्थापनमा १० अर्वको खर्च सार्वजानिक गरेसगै जनमानसमा थुप्रै शंका उपशंकाहरु जन्मायो । त्यस्तै स्थानीयस्तरमा पालिका र वार्डमा जनस्तरबाट उठेका सहयोगहरुको समेत पारदर्शीता छैन ।
गणतान्त्रिक व्यवस्थामा प्रतिपक्षको काम सरकारलाई संदनदेखि सडकसम्म निरन्तरको खबदारी गर्नु हो । .यस्ता अलोकतान्त्रिक गतिविधि क्रमश देखिरहँदा समेत प्रतिपक्षको भुमिका सदन र सडक दुबैतिर निकै कमजोर र फितलो छ । भागबन्डा, मिलेमतो र सेटिङ्गमा स्थानीयदेखि संघसम्म दुई शरीर एक मुख हुन्छन् । अधिकाशं समय हिसाब किताब, लेनदेन र भागबण्डा नमिल्नु सडकमा आउने कारण भएको देखिन्छ । यसरी प्रायोजित रुपमा प्रश्न उढाउदा सरकारको नैतिकरुपमा जबाफदेहिता कम हुन्छ । आलोचना भन्दा पनि बिरोध मात्र गर्ने नियतले प्रश्न माथिको सान्दर्भीकता कम हुन्छ ।

सडकमा किन ?
आन्दोलन र विरोध भनेका प्रश्न हुन । म केबल प्रश्न सोध्न सडकमा उभिएको ह“ु । मैले सडकमा जानु भन्दा अघि कैयौ“ पटक आफैले आफैलाई निम्न प्रश्न सोधे । के साच्चै प्रश्न गनै पर्ने हो ? के प्रश्न सोध्न सडकमै जानु समय सान्दर्भिक होला ?  यो प्रश्नको उत्तर खोज्दा खोज्दै कोरोना कहर भरिका केहि माथि उल्लेखीत घटना स्मरणमा आए । अनि आफैस“ग पुनः प्रश्नहरु उब्जिए । किन यस्तो हँुदैछ ? किन यति धेरै बेथिति र कुसंस्कार ? अनि खै बिधिको शासन ?  अनि मैले निर्णय गरे अब प्रश्न सोध्नै पर्छ । बोल्नै पर्छ । अनि प्रश्न सोध्ने सहि समय भनेकै प्रश्न मनमा उब्जेको बेला हो । त्यसैले देशब्यापी रुपमा जुरमुराउँदै गरेका आन्दोलनहरुमा सरिक भएर प्रश्न सोध्ने निर्णय गरे । सबैको ग्यारेन्टी त म लिन सक्दिन तर म सरिक भएका आन्दोलनहरुमा सामाजिक दुरी, मास्क र ग्लोव्स प्रयोग सगै“ प्लेकार्डहरुमा पनि सभ्य र शिष्ट भाषाको प्रयोग भएर मर्यादित तरिकाले शान्तिपूर्ण बिरोध गरिएको थियो ।

मैले आफैलाई प्रश्न गरेर सुरु भएको प्रश्नहरुको आन्दोलनले मलाई सडकमा पुर्यायो । सडकमा सरकारको कोरोना कहरका बिचका गरेको चरम लापरवाही, अलोकतान्त्रिक आचरण, अपारदर्शीता, अविश्वासनियता जस्ता बिषयमा प्रश्न सोध्न पुगे । यतिमात्र हैन सामाजिक कुसंस्कार, कुरिती र सामाजिक बन्धनहरु प्रति पनि मेरा प्रश्नहरु थिए । म सडकमै आउनुको अर्को कारण युवाहरुको एकता हो । म केही बर्ष यता निरन्तर समाजिक आन्दोलनहरुमा सहभागी हुँदै आएको छु । तर, ती सामाजिक आन्दोलनहरु कुनै घटना बिशेष हुन्थ्यो । त्यहाँ सहभागी हुने कुनै सघं–संस्था, समुदाय, राजनीतिक आस्था बोक्नेहरु हुन्थिए । अहिले जुर्मुराउदै“ गरेका आन्दोलनमा मैले यस्ता युवाहरु देखे“ जो सुचनाको हक प्रयोग गदै प्रश्न सोध्ने अधिकारको प्रयोग गर्न चाहन्छन् । त्यसैले उनीहरुसगै“ ऐक्यबैधता जनाएर म पनि सडकमा सगै“ उभिएको छु ।
सचेत युवाले यस्ता खबरदारी निरन्तर गर्नुपर्छ । यो आन्दोलन सुरुवात मात्र हो । यस्ता आन्दोलन र खबरदारीको अन्त्य कहिल्य हुनुहँुदैन । सबै प्रश्नको उत्तर सडकमै गएर आन्दोलन र बिरोध गरेर खोज्नै पर्छ भन्ने हँुदैन । तर, प्रश्न भने निरन्तर बिभिन्न माध्यमबाट सोधिनु पर्छ । आफ्ना वरिपरी हुने हरेक सार्वजानिक क्रियाकलापमा सभ्य र शिष्ट भइ प्रश्न गरौ“ । सडकमै गएर प्रश्न सोध्नु पर्छ भन्ने पनि जरुरी छैन । सडक भनेको माध्यम मात्र हो । गुदी कुरा प्रश्नहरु हुन । प्रश्न कहिल्यै मर्न हुन्न ।

समाज परिवर्तनका सम्वाहक मानिएका युवाहरुले नया“ नेपाल निमार्णको प्रकृयामा आफ्नो आफ्नो गाउँ ठाउँमा हुने विकास निमार्णदेखि सामाजिक घटनामा निष्पक्ष भएर प्रश्न उठाउनु पर्छ । युवाहरु बिच एकता र सहकार्य अनिर्वाय र निरन्तर हुन आवश्यक छ । त्यससगै“ अध्यानशीलता, वौद्धिक चेतनाको विकास साथै“ नयाँ  कुरा सिक्ने र सिकेका गतल कुरालाई छोड्न सक्ने आचरणले युवा हुनुको असल परिभाषा सगै“ प्रश्नहरु पेचिला बन्दै जान्छन् ।

लेखक युवा मानव अधिकारकर्मी हुन् । )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: