युवा उद्यमी शोभितको निधन

  प्रकाशित मिति
२१ जेष्ठ २०७३, शुक्रबार १५:०७


sovitjiविर्तामोड । झापाका युवा उद्यमी शोभित शर्माको ४३ वर्षको अल्पायुमै निधन भएको छ ।

भारतको दिल्लीस्थित म्याक्स इन्टरनेशनल हस्पिटलमा उपचार हुँदाहुँदै विहीवार राति उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
शनिवार दिल्लीबाट हवाइमार्ग हुँदै शब विर्तामोड ल्याइने उनका काका एवम् उद्योगपति जेपी शर्माले लोकतन्त्र पोस्टलाई जानकारी दिए ।

दुई साता अघि अचानक ज्वरोले सताएपछि भारतको सिलगढीमा उनलाई उपचारार्थ भर्ना गरिएको थियो । सिलगढीको हेरिटेज हस्पिटलमा रोग पत्तो नलागेपछि त्यहाँका डाक्टरहरूको सिफारिस अनुसार थप उपचारका लागि दिल्ली लगिएको थियो ।
उर्वसी सिनेमा सञ्चालक स्व. वृजमोहन शर्मा र समाजसेवी नीता शर्माका छोरा उनी विभिन्न उद्यमशील व्यवसाय तथा समाजसेवामा सक्रिय थिए ।

शनिश्चरेमा सञ्चालित राजश्री केवल नेटवर्कका सञ्चालक तथा मेची केवल टिभी एशोसिएसनका उपाध्यक्ष रहेका उनको विर्तामोडमा राजश्री मेडिसिन पसल रहेको छ ।

मेची केवल टिभी एशोसिएसनका अध्यक्ष ध्रुव न्यौपानेले शर्मा अत्यन्त मिलनसार र ऊर्जाशाली युवा सञ्चार उद्यमी भएको बताउँदै उनको निधनले केवल नेटवर्क व्यवसायको क्षेत्रमा अपूरणीय क्षति भएको जनाएका छन् ।

विर्तामोड–७ मा घर भएका स्व. शोभित शर्माका पत्नी अर्चना शर्मा, एक छोरी साइना र एक छोरा मोहन छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: