युवा किसानलाई ३८ लाख अनुदान

  प्रकाशित मिति
२० जेष्ठ २०७३, बिहीबार १०:४३


money-and-gold-450x250

झापा । जिल्ला पशुसेवा कार्यालयले युवा लक्षित कार्यव्रmम अन्तर्गत चालु आवको जेठसम्ममा अनुदानको ३८ लाख रुपैयाँ वितरण गरेको छ ।

युवालक्षित विशेष उत्पादन कार्यव्रmम डेरीतर्फ साना, मझौला र ठूला फार्मअन्तर्गत गरी १६ किसानीले सो अनुदान प्राप्त गरेका हुन् । अनुदान प्राप्त गर्नेमा साना फार्मअन्तर्गत ८ देखि १० वटासम्म गाईपालन गर्ने ८ किसानलाई १६ लाख, मझौला फार्मअन्तर्गत १५ देखि २० वटासम्म गाई तथा भैँसीपालन गर्ने ३ जना किसानलाई ९ लाख, ३० देखि माथि गाईभैँसीपालन गर्ने अभियान कृषि तथा पशुपालन केन्द्र बाहुनडाँगीलाई ४ लाख रुपैयाँ वितरण गरेको कार्यालयका वरिष्ठ पशु चिकित्सक कुमारसिंह साहले बताए । गोठ तथा खोर निर्माण सुधार कार्यव्रmम अन्तर्गत ३ जना किसानलाई ६ लाख र जैविक सुरक्षा तथा असल पशुपालन पद्धतिसहितको मोडेल फार्म लागत सहभागितामा ३ लाख रुपैयाँ प्रदान गरिएको छ । कार्यालयले घाँस अभियान अन्तर्गत ५ लाख अनुदान वितरण गरेको छ ।

पशु विकास सेवाअन्तर्गत युवालक्षित कार्यव्रmम कार्यान्वयन कार्यविधिअनुसार गठित मूल्याङ्कन समितिको मूल्याङ्कनको आधारमा सो रकम वितरण गरेको वरिष्ठ चिकित्सक साहले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: