युवा संघ झापामा त्रिलोचन

  प्रकाशित मिति
१८ माघ २०७२, सोमबार ०७:०१


yuwa
झापा । युवा सङ्घ झापाको अध्यक्षमा त्रिलोचन सापकोटा निर्वाचित भएका छन् । उनी १ सय ५४ मत ल्याई विजयी भएका हुन् ।
सापकोटाका प्रत्यासी धरणीधर पोखरेलले १ सय ३३ मत ल्याएका छन् । आइतबार राति सम्पन्न अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा १ सय ५४ मत ल्याई शम्भु भण्डारी निर्वाचित भएका छन् । उनका प्रत्यासी बालकृष्ण थापाले १ सय २७ मत ल्याए ।

सचिवमा नविन इजम निर्वाचित भए । उनले १ सय ६० मत ल्याएका छन् । इजमका प्रत्यासी नविन बराल १ सय २० मत लाई पराजित भए । सहसचिवमा १ सय ४७ मत ल्याएर सुमन थापा निर्वाचित भएका छन् । उनका प्रत्यासी खगेन्द्र श्रेष्ठले १ सय २६ मत ल्याए ।

कोषाध्यक्षमा विकास गिरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उनले १ सय ७२ मत ल्याएका छन् । उनका प्रत्यासी खगेन्द्र बाराकोटीले १ सय ८ मत मात्र प्राप्त गरे ।

सदस्यमा नारायण खनाल, किरण नेपाल, सङ्गीता मेचे, निर्मला आचार्य, नारायण राजवंशी, मालीन राजवंशी, सागर पोर्तेल, बलराम गिरी, केशव भण्डारी, भीमबहादुर साँवा, सविन रिजाल, हस्तबहादुर तामाङ र डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।

५१ सदस्यीय सङ्घको २५ सदस्य यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष, उपाध्यक्ष र सहसचिव पदमा निर्वाचित पदाधिकारी केपी ओली निकटका हुन् । त्यस्तै सचिव पदमा निर्वाचित इजम माधवकुमार निकट मानिन्छन् । सङ्घमा ३ सय ३ जना मतदाता सङ्ख्या रहे पनि २ सय ८६ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: