शान्तिनगर । युवा संघ नेपाल झापा क्षेत्र नम्बर १ को क्षेत्रीय आइतबार सम्पन्न भएको छ । शान्तिनगरमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा रबिनसन थापा सर्वसम्वत चयन भएका छन् । समितिको उपाध्यक्ष दिपक घिमिरे, सचिव सञ्जु थेवे, सहसचिव लिला बराल र कोषाध्यक्षमा नविन बिष्ट चयन भएका छन् ।
सदस्यहरूमा भेषराज खवास, गुणराज अर्याल, सबिन खनाल, नविना राई, सुमन लामिछाने, पुण्यप्रसाद चम्लगाई, नारायण खनाल, रघुनाथ धिमाल, विष्णु थापा, मिलन विक, सृजना शेर्मा लिम्बू, रीता मेचे, मनु कट्वाल, कृष्ण मेचे, विजय लिम्बू, भीम धमला, सञ्जय मेचे, डिल्ली विक, रत्नकुमार लिम्बू, राजकुमार प्रसाई चयन भएको पार्टीका जिल्ला सदस्य तथा क्षेत्रीय इन्र्चाज गोपाल बुढाथोकीले बताए ।
खुल्ला सत्रको कार्यक्रममा सांसद तथा पार्टीका पोलिटव्युरो सदस्य रबिन कोइरालाको प्रमुख अतिथि रहेको थियो । सङ्घका क्षेत्रीय अध्यक्ष राजु धिमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सदस्य गोपाल बुढाथोकी, जिल्ला सदस्य देवकुमार राई, डिल्लीरामा घिमिरे, लक्ष्मी राई, सचिवालय सदस्य मिना उप्रेती, सङ्घका केन्द्रीय सचिवालय सदस्य राजु कार्की, मेची अञ्चल संयोजक चन्द्र प्रसाई, जिल्ला सचिव हरि घिमिरे, मेचीनगरका अध्यक्ष सरोज मेहेरा, पूर्व अध्यक्ष निरोज कट्टेल, पार्टीका शान्तिनगर गाउँ कमिटि अध्यक्ष फौदराज शेर्मालगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव गोपिकृष्ण दाहालले गरेका थिए ।