युवा सङ्घले पुराना नेतालाई सम्मान गर्दै

  प्रकाशित मिति
२७ बैशाख २०७३, सोमबार १०:१६


yuva-sanghविर्तामोड । युवा सङ्घ झापाले आफ्नो २६ औँ स्थापना दिवसको अवसर पारेर २०४६ साल अघि मातृपार्टी नेकपा एमालेको सदस्यता लिएका अग्रज नेता तथा कार्यकर्तालाई सम्मान गर्ने भएको छ ।

आगामी जेठ १ गते विर्तामोडस्थित एमाले जिल्ला मुख्यालयमा आयोजना हुने सम्मान कार्यक्रमको प्रमुख अतिथि पार्टीका पूर्व अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल रहने युवा सङ्घका झापा जिल्ला प्रचार समितिका संयोजक भुपाल शिवाकोटीले बताए ।

प्रचार सयोजक शिवाकोटीका अनुसार पञ्चायतकालीन कठोर अवधिमा सङ्घर्षको बाटो रोज्दै पार्टीको सदस्यता लिएर कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याए वापत उनीहरूलाई सम्मान गर्न लागिएको हो ।

सम्मान पाउनेमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली, सभासद्हरू नरेश खरेल, रविन कोइरला, मनकुमार गौतम, अमृत बोहोरा, नेता राधाकृष्ण मैनाली लगायत रहने छन् ।

सम्मानितहरूलाई कदर पत्र प्रदान गरिने भएको छ । कार्यक्रमका लागि सङ्घले तयारी तीब्र बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: