युश्स यूनिटीले गर्यो रक्तदान

  प्रकाशित मिति
२९ श्रावण २०७४, आईतवार १५:३५


5247575556006090208-account_id=1
मेचीनगर । युश्स यूनिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा शनिवार ४ महिलासहित ५० जनाले रगत दान गरेका छन् ।

अविरल बर्षाका बावजुद पनि मेचीनगर–१० धुलाबारी मोडमा आयोजित रक्तदान कार्यक्रम ५० जनाले रगत दान गरका हुन् ।

जिल्ला रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग रहेको कार्यक्रममा शान्तिनगरदेखिका युवाहरु रगत दान गर्न आएको रक्तदान कार्यक्रमका संयोजक विशाल श्रेष्ठले बताए ।

विगत एक बर्षदेखि सामाजिक सञ्चालमार्फत स्थापना भएको यूनिटीले झापामा रगतको अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको संयोजक श्रेष्ठको भनाई छ ।

4788547950992701196-account_id=1

यूनिटीले ‘भोकालाई खान र नाङ्गालाई लाउन’ भन्ने मूल नाराका साथ कामहरु गरिरहेको छ । यूनिटीले बालबालिका तथा असहाय र बृद्धबृद्धालाई भोजन तथा लत्ता कपडा समेत विगतमा वितरण गर्दै आएको छ ।

आमा गुमाएकी र बाबु समेत बेपत्ता बनेपछि शिक्षाबाट बन्ञ्चित भएकी हल्दिबारी गाउँपालिका–१ की सपना तामाङलाई अध्यन अध्यापन गराइरहेको यूनिटिका संस्थापक अध्यक्ष कमल खतिवडाले बताए ।

हालसम्म ४९ हजार सामाजिक सञ्जालका सदस्य समेटिएको संस्थाका सदस्य विशाल श्रेष्ठले बताए ।

6252440864917206860-account_id=1

1698742839773821866-account_id=1

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: