योगीलाई ओलीको जवाफ : नेपाल हेपिन तयार छैन

  प्रकाशित मिति
२८ जेष्ठ २०७७, बुधबार १५:०५


मेचीनगर, २८ जेठ । नेपाललाई तिव्वतले जस्तो गल्ती नगर्न र राजनीतिक नक्सा निकाल्नु भन्दा पहिला परिणाम के हुन्छ भनेर सोच्न भन्दै धम्की दिने भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रधानमन्त्री ओलीले कडा चेतावनी दिएका छन् ।

योगीले केही भारतीय सञ्चारमाध्यमहरुमा नेपालले राजनीतिक सीमा तय गर्नु भन्दा पहिले त्यसबाट सिर्जना हुने परिणामको बारेमा सोच्न चेतावनी दिएका थिए ।

आजको ससदको बैठकलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले आदित्यनाथको अभिव्यक्ति निन्दनीय भएको बताए ।

प्रधानमन्त्री ओलीले आदित्यनाथलाई नेपाललाई नहेप्न चेतावनी दिदै नेपाल ‘हेपिने मुलुक नभएको’ स्पष्ट सन्देश दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसरी बोल्नु भएको भए त्यो जायज होइन । यदि उहाँले नेपाललाई धम्काउन खोज्नु भएको हो भने उचित होइन ।’

योगी आदित्यनाथ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि नभएको ओलीले स्पष्ट पारे ।

ओलीले भने-‘यदि उहाँले नेपाललाई धम्क्याउन खोज्नु भएको हो भने त्यो निन्दनीय विषय हो । त्यसलाई नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: