विर्तामोड । आर्थिक वर्ष ०७३÷०७४ को नगर विकास योजना तर्जुमाका लागि योजना छनोट गर्न बिर्तामोड नगरपालिकाले पुस २ गतेदेखि सुरु गरेको वडा भेला सम्पन्न भएको छ ।
वडा भेलामा नगरबासीको उत्साहजनक उपस्थिति रहेको नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बाँस्तोलाले जानकारी दिए ।
९ वटै वडामा गरिएको भेलामा लक्षित विकास कार्यव्रmम छनोटका लागि १ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको बाँस्तोलाले जानकारी दिए । त्यसैगरी आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधारका क्षेत्रमा १ करोड ४० लाख रुपैयाँ र प्रवर्धनात्मक क्षेत्रमा ९३ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरिनुका साथै योजना तथा कार्यव्रmम छनोट गरिएको बताइएको छ ।
पुस २ गते २ नम्बर वडामा, ३ गते ८ नम्बर वडामा, ४ गते ४ नम्बर वडामा, ५ गते १ नम्बर वडामा, ६ गते ३ नम्बर वडामा, ७ गते ५ नम्बर वडामा, ८ गते ७ नम्बर वडामा, ९ गते ९ नम्बर वडामा र १० गते ६ नम्बर वडामा वडा भेला आयोजना गरी योजना छनोट गरिएको बाँस्तोलाले जानकारी दिए ।