यौनपिपासु पिता पक्राउ

  प्रकाशित मिति
१९ बैशाख २०७३, आईतवार १५:१७


भद्रपुर । रक्सी र यौनको उन्मादमा आफ्नै छोरीलाई अनुचित कार्य गरेको अभियोगमा राजगढ–६ का झापाका एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ४१ वर्षका ती व्यक्तिले दुई महिना अघि एक साताको फरकमा दुईपटक १७ वर्षीया आफ्नै छोरीलाई अनुचित कार्य गरेको पीडितको प्रारम्भिक वयान छ ।

शुक्रवार राति छोरीमाथि जाइलाग्न खोजेपछि शनिवार विहान पीडितलाई लिएर उनकी आमा जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न आएकी थिइन् ।

पीडितले सुतेको बेलामा उनका वावुले रक्सी खाएर आई जबरजस्ती करणी गरेको र कतै भनेमा आमालाई समेत मारिदिने धम्की दिने गरेको प्रहरीलाई बताएकी छन् ।

प्रहरीले अभियुक्तलाई शनिवार पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: