यौन दुर्व्यवहार आरोपमा धरानका एसएसपी निलम्बित

  प्रकाशित मिति
१७ माघ २०७६, शुक्रबार १३:४८


मेचीनगर । यौन दूव्र्यवहारको अभियोगमा नेपाल प्रहरीका वहालवाला एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) सौरभ राणा पदबाट निलम्बित भएका छन् ।

यस्तो आरोपमा निलम्बनमा परेका राणा नेपाल प्रहरीका अहिलेसम्मको सबैभन्दा उच्चाधिकारी हुन् ।

उनीविरुद्ध धरानकी एक सहकर्मी महिला प्रहरीले गत कात्र्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । गृह मन्त्रालयले शुक्रवार प्रहरी वरिष्ठ उपरीक्षक राणालाई निलम्बन गरेको हो ।

संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाले आरोप अस्वीकार गर्दै आएका छन् । गृहमन्त्रालयले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरेको छ ।

पीडितले गृहमन्त्री रामबहादुर थापा ‘बादल, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् ।

बलात्कारको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महरा र चतराका जगतगुरु कृष्णदास गिरीविरुद्ध अहिले अदालतमा मुद्धा चलिरहेको छ । अदालतको आदेशमा महरा थुनामा छन् भने गिरी भागेर भारत पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: