मेचीनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले भानु जयन्तीको अवसरमा भाषा, कला, साहित्य सम्मानबाट परीवर्तन थिएटर झापाकी अध्यक्ष रंगकर्मी कविता नेपालसहित एक दर्जनबढी श्रष्टालाई सम्मान गरेको छ ।
आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्म जयन्तीको अवसरमा मन्त्रालयले श्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा रंगकर्मी नेपाल, झापाका कवि एवम् समालोचक मुनाराज शेर्मासहित प्रदेश १ का भाषा, कला, साहित्य क्षेत्रमा संलग्न १२ जना श्रष्टालाई नगद ५० हजार, र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।
सम्मानित नेपाल दुइ दशकदेखि रंगमञ्चमा संक्रिय झापामा रहेर नाट्य क्षेत्रमा क्रियाशील छिन् भने समालोचक शेर्मा झापाका चर्चित कवि हुन् ।
त्यस्तै १ लाख राशीको बालकृष्ण पोखरेल भाषा साहित्य कला सम्मानबाट ईलामका श्रष्टा नवलकिशोर राईलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।
कला, भाषा र साहित्यको क्षेत्रमा बिशिष्ट योगदान पुर्याएको अवसरमा श्रष्टालाई मन्त्रालयले सम्मान गरेको थियो ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवनकुमार घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर लगायतले पुरस्कृत हुने श्रष्टाहरुलाई सम्मान एवम् पुरस्कार वितरण गरेका थिए ।