रंगशाला बनाउने मन्त्रीको प्रतिबद्धता

  प्रकाशित मिति
१७ पुष २०७३, आईतवार ११:३६


football-21काँकरभिट्टा । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले काँकरभिट्टा खेल मैदानलाई रङ्गशालाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मेची नेत्रालय काँकरभिट्टा गोल्ड कपको शनिवार काँकरभिट्टामा उद्घाटन गर्दै मन्त्री श्रीपालीले काँकरभिट्टाको खेल मैदानलाई अर्काे पटक हुने गोल्डकपमा रुप परिवर्तन भएको हेर्न पाउने बताएका हुन् ।

मन्त्री श्रीपालीले जिल्ला खेलकुद विकास समिति मार्फत मैदानको स्तरउन्नती गराएर रङ्गाशालाका रुपमा विकास गर्न निर्देशन दिए । मैदानको विकासका लागि आवश्यक वटेट विन्योजन गर्ने समेत बताए । उनले आफ्नै कार्यकालमा रङ्गशाला बनाएरै छाड्ने वचन football-11दिए ।

‘सरकारको तर्फबाट म मेचीनगरबासीलाई धन्यवाद दिन चाहान्छु’ मन्त्री श्रीपालीले भने–यस क्षेत्रका सामाजिक व्यक्तित्वहरूले खेल विकासमा पुर्याउनु भएको योगदानलाई सरकारले पनि उच्च मुल्याङकन गर्नेछ ।’

मन्त्री श्रीपालीले काँकरभिट्टा फुटबल टे«ेनिङ सेन्टरले खेलाडी उत्पादन गरेर राष्ट्रलाई गरेको योगदानप्रति आभार प्रकट गर्दै ट्रेनिङ सेन्टरलाई व्यवस्थित गरेर लैजानका लागि सरकारले पनि सहयोग गर्ने वचन दिए । ‘तपाईहरू लाग्नुहो हामी तपाईहरूलाई सहयोग गर्न तयार छौँ’ उनले भने ।

‘भाषण होइन एक्सन प्लान बनाएर काम गर्नु पर्छ’ मन्त्री श्रीपालीले भने–‘भाषणले जनता पनि आजित भइसकेको छन् म पनि भाषण football-18भन्दा काममा विश्वास गर्ने भएकाले खेलकुदको विकासका लागि आफु एक्सन प्लान बनाएर लागि परेको बताए ।

पूर्वाञ्चल क्षेत्र राष्ट्रिय खेलकुदको उर्वरभूमि त्यसमा पनि झापा अग्रपङ्क्तिमा रहेको बताउँदैँ मन्त्री श्रीपालीले राष्ट्रिय व्रिmकेटकी कप्तान रुविना क्षेत्रीदेखि फुटबल, भलिबललगायतका खेलमा झापाले नेतृत्व गरिरहेको बताए ।

खेलको विकासका लागि मन्त्री भएको बताउँदै उनले देशको खेल विकासका लागि आफु कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए ।

उद्घाटन कार्यव्रmममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, सांसद उषा गुरुङ, सांसद रविन कोइराला, मुख्य प्रायोजक मेची नेत्रालयका डाइरेक्टर शरदचन्द्र प्रकाश राई, सहप्रायोजक मेची बस व्यवसायी सङ्घका अध्यक्ष श्रीप्रसाद मैनाली, अर्का सहप्रायोजक नरेन्द्र मेचे, प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, जिल्ला प्रहरी प्रमुख शैलेश थापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल काँकरभिट्टाका डिएसपी बासुदेव लोहनी, कालीबहादुर गण चारआलीका प्रमुख सेनानी खेमनारायाण पौडेल, समाजसेवी नरेन्द्र गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, जिल्ला फुटबल सङ्घका अध्यक्ष जलकुमार गुरुङ, पूर्व अध्यक्ष बालाजित राई, सङ्घीय समाजवादी फोरमका नेता धनप्रसाद गुरुङ, मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा, राप्रपा नेपालका जिल्ला उपाध्यक्ष कल्याण खड्का, महेन्द्र राजमार्ग यातायात कल्याण कोषका अध्यक्ष राजकुमार श्रेष्ठ, युवा सङ्घ नेपालका केन्द्रीय सदस्य राजु कार्की, मेची नेत्रालयका कार्यालय प्रमुख विकास घिमिरे, मेची बस व्यवसायी सङ्घका उपाध्यक्षहरू भवानी केरुङ, विष्णु श्रेष्ठ, नेपाली काङ्ग्रेसका महासमिति सदस्य विमल आचार्य, तरुण दलका जिल्ला अध्यक्ष गोपाल तामाङ, अघिल नेपाल यातायात मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष भूपाल ओली, नेपाली काङ्ग्रेसकी जिल्ला सदस्य डम्बरकुमारी थापा, मेचीनगर सचिव बसन्त तिवारी, उपसभापति सुरेन्द्र बुढाथोकी, नाइटचेस क्लबका अध्यक्ष नवराज खनियाँ, राप्रपा नेपालका नगर अध्यक्ष सुशिल आचार्य, निवर्तमान अध्यक्ष सुन्दर बस्नेत, बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मगर, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकार्ताको बाक्लो उपस्थिति रहेको थियो ।

टे«निङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यव्रmमको औचित्य सहयोग समितिका संयोजक डिल्लीराम घिमिरे, स्वागत सल्लाहकार समितिका संयोजक गङ्गालाल गुरुङ र सञ्चालन सदस्य माधव अर्यालले गरेका थिए ।

उद्घाटन खेलमा इलामका निशान रानाले फुटबलको कला प्रदशनी गरेका थिए । उक्त प्रदशनीको प्रशंसा गर्दै राप्रपा नेपालका जिल्ला उपाध्यक्ष कल्याण खड्काले नगद १ हजार प्रोत्साहन रकम प्रदान गरेका थिए ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: