रकम लिएर फरार सचिव प्रहरीको फन्दामा

  प्रकाशित मिति
२६ असार २०७३, आईतवार १३:१५


pakrau-final13-300x253
राजविराज । सामाजिक सुरक्षा भत्ता बापतको रकम लिएर बेपत्ता मलेकपुर गाविसका सचिव प्रदीप कर्णलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

कर्णले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि जिविस सप्तरीले उनलाई निलम्बन गरी पक्राउ गर्न प्रहरीलाई आग्रह गरेको थियो । सचिव कर्ण रु २३ लाख ९५ हजार अघिल्लो किस्ताको रकम वितरण नगरी लामो समयदेखि फरार थिए ।

गाविसका वृद्धवृद्धाले आफूहरुले सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै शुक्रबार जिविस सप्तरीमा विभिन्न पदाधिकारीसँग भत्ता उपलब्ध गराउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: