झापाली सङ्घर्षको पृष्ठभूमिमा
………………………….
आलै छ रगत मुटुमा २१ फागुन भुल्दैनौँ ।
हुँदैन हेर ! धरती यहाँ एकलौटी कसैको ।
बसाईं हिड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ ।
आउँदैन है जनवाद छम छम नाचेर ।
………………………….
नेपालको कम्निस्ट आन्दोलनमा कोसेढुङ्गाको रूपमा देशै थर्कमान पार्दै परिचित भएको भनेको २०२८÷०२९ को झापाली आन्दोलन नै हो । यस आन्दोलनका पक्षमा र विपक्षमा जति बहस गरे पनि यसले आफ्नै पहिचान बनाएको छ र यो नेपालको व्रmान्तिकारी कम्निस्ट आन्दोलनको जगको रूपमा स्थापित पनि भएको छ ।
यो सानो लेखमा म त्यस चर्चित सङ्घर्ष या आन्दोलनका वारेमा, यसको पक्ष वा विपक्षमा बहस गर्नपटि लाग्दिन । खालि त्यस सङ्घर्षको पृष्ठभूमि तयार गर्ने साहित्यिक वा सांस्कृतिक पक्ष वारे छोटो चर्चा गर्ने धृष्टता मात्र राख्तछु । मलाई लाग्छ, झापाली सङ्घर्षका संस्थापक नेताहरू एमसी, आरके, सीपी, केपी, केपीपी, नरेश खरेल, घनेन्द्र आदि जस्ता घागडान नेता लेखकहरू मौजुद हुँदाहुँदै मेरो यो लेख इन्द्रका अगाडि स्वर्गका कुरा पक्कै हुन्छ । तर इन्द्र कहिल्यै स्वर्गको चर्चा गर्दैनन् भने त अरु कसैले एक–दुई पल्ट स्वर्ग पुगेका व्यक्तिले नै सही, स्वर्गको चर्चा गर्नै त प¥यो नि !
द्वन्द्ववादको एउटा नियम छ–‘परिमाणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन’ भन्ने । यसको अर्थ हो, जतिसुकै अगेठ आगोमा पनि एक भाँडो पानी बसाउँदा बसाउने बित्तिकै पानी उम्लिँदैन । उम्लिनुपूर्व भाँडाको पानीको तापव्रmम व्रmमशः बढ्दैबढ्दै उम्लिने बिन्दुसम्म पुग्नुपर्छ । त्यस्तै व्रmान्ति अकस्मात हुँदैन । व्रmान्तिका लागि पहिला व्रmान्तिकारीहरूको चेतनामा परिवर्तन, व्रmान्तिविरोधीहरूको दमनको अवस्था, व्रmान्तिकारीहरूको सङ्गठनको विकास, वाह्य वातावरणको प्रेरणा र अनुकूलता, समग्रमा भन्नुपर्दा व्रmान्तिको वातावरणको विकास आवश्यक पर्छ । यसरी हेर्दा झापाको २०२८ को सङ्घर्षलाई उत्प्रेरित गर्ने साहित्यिक र सांस्कृतिक वातावरण कस्तो थियो ? यो एउटा त्यस सङ्घर्षलाई हेर्ने पाटो हो ।
२००७ सालपछि लगभग २०१२÷१३ सम्म झापा, मोरङ, रौतहटतिरको सामन्ती व्यवस्थाविरोधी किसान आन्दोलनको परिप्रेक्ष्य, २००७ को परिवर्तनले जनताको चेतनालाई झक्झक्याएको अवस्था, भारत र चीनको स्वतन्त्रता सङ्ग्रामको सफलताको हावा आदिले आम जनता जाग्दै गए । २०२१ सालमा राजा महेन्द्रले लागु गरेको भूमिसुधारले, २०२० सालको नयाँ मुलुकी ऐनले पनि जनताको आत्मबल बढाउन सघाउ पु¥याए ।
२०२०÷२१ पछि त व्रmान्तिकारी साहित्यको प्रचारमा पनि तीब्रता आउन थाल्यो । २००६ सालमा स्थापना भएको नेपाल कम्नीस्ट पार्टी पनि बिभिन्न घुम्ती र मोडहरू पार गर्दै धक्का खाँदै र बिभाजन र एकता बेहोर्दै नेपाली जनताको चेतनालाई प्रभावित पार्दै गए ।
यसै परिप्रेक्ष्यमा शनिश्चरेमा २०२५ फागुन ८, ९, १० मा आयोजित एउटा साहित्यिक सम्मेलनको सन्दर्भ उल्लेख गर्नै पर्छ । यसका आयोजकमा साहित्य सङ्गम, आठराईका सूर्य कन्दङ्वा, गङ्गाप्रसाद उप्रेती, नरेश शाक्य, नेपाली साहित्य परिषद, भद्रपुरका आरके मैनाली, डा.हृषिकेश उपाध्याय, रामप्रसाद पोखरेल, द्रोणाचार्य छेत्री, वासुदेव सर्मा, भवानी घिमिरे र साहित्य सेवा समिति शनिश्चरेका जयप्रसाद ढकाल, रुद्र खरेल, गणेशबहादुर प्रसाईं, रामनाथ दाहालहरू थिए । आमन्त्रितहरूमा काठमाडौंबाट गोबिन्द भट्ट तथा विराटनगरबाट महानन्द सापकोटाहरू थिए ।
यस सम्मेलनले यथार्थमा पूर्वाञ्चलको वाम राजनीतिलाई नै निर्णायक मोड दिएको थियो । गफको मात्र वामपन्थलाई कार्यरूपमा बदल्न निर्णायक दिशा प्रदान गरेको थियो । प्रगतिशील साहित्यिक लेखनको दिशानिर्देश गरेको थियो । साहित्यिक प्रकाशनलाई प्रोत्साहित गरेको थियो । साहित्यकारहरूमा जागरण ल्याएको थियो । आरके मैनाली र वासुदेव सर्माद्वारा सम्पादित हुँदै आएको ‘पञ्चामृत’ पत्रिका अब कम्नीस्टमय भएर प्रकाशित हुन थाल्यो । यसमा रुद्र खरेल पनि सम्पादक मण्डलमा थपिए । झापाकै गौरादहबाट ‘लालटीन’ पत्रिका निस्कियो । घैलाडुबाबाट ‘झम्पल’ निस्कियो, शान्तिनगरबाट ‘झटारो’ निस्कियो, शनिश्चरेबाट ‘मुना’ निस्कियो भने मेची कलेज भद्रपुरबाट ‘मुक्ति सङ्ग्राम’ निस्कियो । यी जम्मैको माउको रूपमा ‘पञ्चामृत’ निरन्तर निस्किरहेको थियो । प्रगतिशील साहित्यकै आलेकमा ‘आँखो’, ‘भानु’, ‘मोती’हरू पनि निस्कँदै थिए ।
विराटनगरबाट मनमोहन अधिकारी, भरतमोहन अधिकारी, मोहनचन्द अधिकारी, डीपी अधिकारी, कमल कोइराला, जनार्दन आचार्य आदिका गम्भीर लेखहरूसहित ‘नव जागरण’ भन्ने पत्रिका जागरणको बिकुल फुक्तै प्रकाशित भएर हात हातमा पुगेको थियो । आठराईको साहित्य सङ्गमले निकाल्दै गरेको ‘प्रोत्साहन’ ताप्लेजुङ खोकलिङबाट प्रकाशन भएको ‘झुप्रो’, बनारसबाट प्रकाशन भएको ‘मिर्मिरे’ आदि पत्रिकाहरू, महेन्द्र कलेज धरानबाट विद्यार्थीले निकालेको ‘छाया’ तथा महेन्द्र मोरङ कलेज, विराटनगरका विद्यार्थीले निकाल्दै रहेको ‘प्रकाश’ जस्ता पत्रिकाहरू त्यतिबेला नवयुवाहरूका पाखुरामा व्रmान्तिकारी उर्जा भर्ने गर्दथे ।
शोषण दमनका विरुद्धमा कविहरू कविता लेख्थे भने गीतकारहरू गीत लेख्थे, गायकले गाउँथे । झापाली सङ्घर्षको पृष्ठभूमि तयार गर्न गीतहरूको महत्त्वपूर्ण भूमिका थियो । घण्टौँ लगाएर प्रवचनद्वारा अन्यायविरुद्ध जगाउन नसकिएका सोझा गाउँवासी जनता एउटा मार्मिक गीतबाट जिउज्यान अर्पेर अन्याय विरुद्ध लडाईं लड्न तयार हुन्थे । मसँग यस लेखमा प्रस्तुत गर्न त्यतिबेलाका धेरै गीतहरू छैनन् । हिजोआज जस्तो रेकर्डको अवस्था, गायनलाई संरक्षण गर्ने सुविधा त्यतिबेला थिएन । यसै कानमा रेकर्ड हुने र स्मरणमा संरक्षण गर्नुपर्ने वाध्यताले विस्मृतिको गर्भमा ती महत्त्वपूर्ण गीतहरू विलीन हुँदैछन् । तैपनि म सम्झनाका रूपमा केही यहाँ राख्न चाहन्छु–
‘जोत्नेको यो भूमि हो, भूमि सबको साझा हो,
साझा भूमि साझा भोग, यही नै हाम्रो माग हो ।’ व्रmान्तिकारीहरूले यो गीत गाउँदा किसानहरू मन्त्रमुग्ध हुने गर्दथे । यस्तै अर्को–
‘भोका नाङ्गा ज्यामी किसान एक भएर,
साझा हक साझा भोग लिउँ लडेर ।’
यस्तै अर्को गीत थियो–
‘धरती भन्छिन् हुँ म आमा यी सारा भोकको
हुँदैन हेर ! धरती यहाँ एकलौटी कसैको ।’
यस्तै अर्को लोक भाकामा गाइएको गीत थियो–
‘यसपाली मङ्सिर मैनामा रामशाली धानको कुनियाँ,
भुँडेले रैतीको धान लुट्ता देख्नेछन् सारा दुनियाँ ।’
विराटनगरवासी लव प्रधानले लेखेर जेबी टुहुरेले गाएको एउटा गीत जो अमर जतिकै छ–
‘बसाईं हिड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ,
लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ ।’
अर्को गीत छ–
‘जान्न म त नि हो गोर्खा भर्ती मलाया छाउनीमा,
पापी मोरो कुइरेको देशैमा ।’
यस्तै अर्को गीत छ–
‘मायाँ छ आमा तिमीलाई, पवित्र दिलले मायाँ छ,
परेको छाप मेटिने छैन, तिमीलाई हँसाउने धोको छ ।
अन्नको दाना नपाए झरनाको पानी पिउँला,
अझै त आमा जिउँदै छ छोरो तिमीलाई हँसाई राखुँला !’
यस्तै गोकुल जोशीले पल्टन जाने कामका विरोधमा रचेको एउटा गीत पनि प्रसिद्ध रह्यो–
‘नमार गरिबलाई, नजाऊ अङ्ग्रेजी पल्टनमा ।’
झापाको यो सङ्घर्ष नक्सलबाडी विद्रोहको प्रभावबाट बढी प्रभावित भएका कारण त्यतिबेला यहाँका केही व्रmान्तिकारीहरू बङ्ला भाषामा पनि गीत गाउँथे–
‘पुक दिक लाल सूर्य उगे
चीन दिलो पृथिवी के माउसेतुङ
हाइ हाइ हो जनगणेर मुक्तिदाता …।’
यस्तै अर्को–
‘युग युग जिओ चेयरमेन माओ
जिन्दावाद लिन पियाओ
युग युग जिओ चेयरमेन माओ
जिन्दावाद चाओ …।’
अझ सामन्तका नाममा वैरीको हत्या गर्न थालेपछि त झन् ‘सामन्तलाई नगिँडे सैनिकसँग नभिडे
आउँदैन है जनवाद छम छम नाचेर …।’
धाइजनका हरिचरण वानियाँ ‘टीकाराम वर्देवाले एउटा खुकुरी देखाउँदै गीत गाउँदा त कस्तो रौँ पनि रोमाञ्चित हुन्थ्यो’ भन्दै पुरानो गीत सम्झनुहुन्छ–
‘सामन्तलाई छिनाउने यही हो धार
दाज्यै ख्यालख्यालैमा …।’
सतार भाषामा रचिएको गीत पनि सम्झना छ एउटा–
‘रिङ्गे रेचे आर लाङ्टा बेरे वाङ्वा रेचे हाचिव
नोवा देशा वाङवेनेका हो हो …।’
‘भोका नाङ्गा नउठेसम्म यो देश बन्दैन’ भन्ने भाव छ यो गीतमा ।
२६÷२७ सालतिर सरकारले झोडावासीमाथि गरेको अन्यायलाई शब्दमा उतारेर तत्कालको शोषण र उत्पीडन अभिव्यक्ताउने एउटा गीत सारै मार्मिक लाग्छ–
‘पहाडमा छँदा हाम्रो सानो घर थियो,
एउटा सानो कोठेबारी हाम्रो ज्यान थियो,
एउटा जाली ठालुले
घरबारी सप्पै खोसी लियो ।
सानो पोको बोकी बाबा अघिअघि
२ दिनको भाइ बोकी आमा पछिपछि
भोकले रुँदै कराउँदै
रगत र आँसु बगाउँदै ।’
… … …
बाघ भालुसँग जुध्दै झोडातिर पस्ता,
आमा मरिन् जङ्गलमा गोमन साँपले डस्ता ।
…. …. ….
घर भत्काउन नदिन
सङ्घर्ष गर्दै बाबा उभिँदा
बाबालाई कुटी मारे
हात्ती लगाई घर भत्काए ।
… …
यसरी एउटा बाढीको रूपमा, एउटा हुरीको पारामा ०२८÷२९ को सङ्घर्ष चम्कियो । शत्रुको सङ्गठन र ताकतको उचित मूल्याङ्कन नगरी सुरु गरिएको उग्र सङ्घर्षले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ, वीरेन राजवंशी, रामबहादुर प्रधान, चन्द्रबहादुर डाँगी जस्ता होनहार अमूल्य रत्नहरू गुमाउन पुगियो ।
सुखानीको त्यो देशै थर्काउने सहिदहरूको सहादतपछि उहाँहरूप्रति श्रद्धा व्यक्त गर्ने गीत पनि व्रmान्तिकारीहरूले गाए–
‘आलै छ रगत मुटुमा २१ फागुन भुल्दैनौँ,
व्रmान्तिको बाटो अँगाल्ने वीर सहिदलाई भुल्दैनौँ ।’
यस्तै अर्को–
‘प्राणभन्दा प्यारा हाम्रा सहिदहरूलाई,
व्रmान्तिकारी लाल सलाम प्यारा सहिदलाई ।’