रचनाले जितिन् ‘मिस टीन’को उपाधि

  प्रकाशित मिति
७ भाद्र २०७६, शनिबार १९:५५


धुलावारी । मेचीनगरकी रचना सिटौलाले काठमाडौँंमा आयोजना भएको ‘मिस नेपाल टीन’को उपाधि जितेकी छन् ।

अभ्यानी प्रोडक्सनले शुक्रवार आयोजना गरेको ‘ग्रान्ड फिनाले’मा मेचीनगर–९ की १७ वर्षीया रचना सिटौलाले सबै प्रतिष्पर्धीलाई उछिनेर मिस टीनको ताज पहिरिन सफल भएकी हुन् ।

प्रतियोगितामा श्रुति महर्जन फस्ट रनर अप र सिद्धीका भट्टराई सेकेन्ड रनर अप भएका थिए ।

यसैगरी सोही अवसरमा भएको ‘मिस्टर नेपाल टीन’को उपाधि विवेश कार्कीले जितेका थिए भने फस्ट रनर अपमा विवेक गौतम र सेकेन्ड रनर अपमा डिचेन कोइराला घोषित भएका थिए ।

माध्यमिक तहको शिक्षा इस्ट होराइजन अंग्रेजी माविका पूरा गरेकी रचना सिटौला हाल राजधानी काठमाडौंस्थित सीसीआरसी (कलेज)मा विज्ञान विषयमा अध्ययनरत छिन् ।

मिस नेपाल टीनको उपाधि जितेकोमा मेचनिगरमा खुशीयाली छाएको छ । उनकी आमा प्रतिक्षा सिटौला धुलावारी खानेपानी कार्यालयमा कर्मचारी रहेकी छन् भने बुवा मनोज सिटौला वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् ।

सानै कक्षादेखि परीक्षामा उत्कृष्ट हुँदै आएकी रचना वक्तृत्वकला, गायन, साहित्य लेखन लगायतका विधाकी अब्बल प्रतिभा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: