काठमाडौं, ७ असार । पूर्वसञ्चारकर्मी रबि लामिछानेले आज नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् ।
राष्ट्रिय सभागृहबाट मंगलबार उनले समर्थकहरुमाझ नयाँ पार्टीको घोषणा गरेका हुन् ।
यो पार्टीको नेतृत्व लामिछाने आफैले गरेका छन् ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री उनको पार्टीको नीति रहने बताइएको छ ।
राइट टु रिजेक्ट लगायत ७ वुँदे नीतिको उनले घोषणा गरेका छन् । डिजिटल मतदानको उनले कार्यक्रम सुनाए ।
२१ सदस्यीय केन्द्रीय कमिटीको उनले घोषणा गरे । देशले चिनेका व्यक्ति राख्न नभ्याएको बताए ।
चुनाव चिह्न ‘घण्टी’ रोजेका छन् उनले । भ्रष्टहरुको दिमागमा ‘घण्टी’ बजाउने बेला आएको उनले बताए ।
उनले आजै निर्वाचन आयोयमा गएर पार्टी दर्ता गरिने जानकारी दिए ।