रबिले भने–‘झापा, डडेल्धुरा र चितवनबाट चुनाव लड्न मन छ’

  प्रकाशित मिति
७ असार २०७९, मंगलवार १४:३०


काठमाडौं, ७ असार । सक्रिय पत्रकारिता त्यागेर राजनीतिमा होमिएका रबि लामिछानेले आज राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि उनी आगामी चुनावमा उम्मेद्वार बन्ने क्षेत्रको बारेमा पनि चासो बढेको छ ।

राष्ट्रिय सभागृहमा काठमाडौं महानगरका मेयर बालेन साहकै शैलीमा काँधमा राष्ट्रिय झण्डा ओढेका लामिछानेले आगामी आम निर्वाचनमा एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेद्वार बन्ने समेत घोषणा गरेका छन् ।

तर उनले निर्वाचन क्षेत्रका बारेमा खुलासा गरेनन् ।

‘हुन त मलाई झापा, डडेल्धुरा र चितवनबाट चुनाव लड्न मन छ’, उनले घोषणा सभामा बताए–‘देशैभरिबाट एकजनालाई संसद् छिर्न म रोक्छु, बेथितिको मेनस्वीचलाई अफ गरिदिउँ ।’

अहिले भएका राजनीतिक दलहरुलाई पुराना दलको संज्ञा दिएका उनले ती दलले बेथिति बढाएको आरोप लगाए । बेथितिलाई रोक्न ती पार्टीका प्रमुख नेतालाई निर्वाचन क्षेत्रबाट निर्वाचित हुनबाटै रोक्ने (बेथितिको मेनस्वीच अफ गरिदिने) उनले बताए ।

काभ्रे घर भएका लामिछाने हाल काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का मतदाता हुन् । तर उनले काठमाडौंबाट चुनावमा उठ्ने बताएनन् ।

उनकै इच्छालाई विश्लेषण गर्ने हो भने लामिछाने झापामा नेकपा एमालेका अध्यक्ष केपी ओली वा चितवनमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वा डडेल्धुरामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट आगामी चुनावमा उम्मेद्वार बन्न चाहन्छन् ।

समानुपातिक मत बटुल्नका लागि धेरै भन्दा धेरै उम्मेद्वार पार्टीबाट उठाउने र स्वतन्त्र उम्मेद्वार बन्न चाहनेहरुलाई आफ्नो पार्टीबाट उठ्न उनले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: