रमजान पर्व सुरु हुँदै

  प्रकाशित मिति
२४ जेष्ठ २०७३, सोमबार ०८:०९


Ramdan-Mubarak2

भद्रपुर । मुसलमानहरुको महान् धार्मिक ग्रन्थ कुरान अवतरण भएको संस्मरणमा मङ्गलबारदेखि एक महिना लामो रमजान पर्व सुरु हुँदैछ ।

एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीले उपवास बस्ने गर्छन् जसलाई रोजा भनिन्छ । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टाअगाडि केही खानेकुरा ९सेहरी० खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि हलुका खानेकुरा तथा मिठाई (अवतारिक) खाएर खोल्नुपर्छ ।

रोजाको समयमा मुसलमान निराहार बस्नुपर्छ । रोजा बस्नेले जानेर थुक पनि निल्न हुँदैन ।  सात वर्षदेखिका माथिलाई सबैलाई रोजा बस्नु अनिवार्य भए पनि अशक्त र बिरामीलाई भने अनिवार्य छैन ।

यो वर्ष निकै गर्मी र लामो दिनका बेलामा रोजा परेकाले यो व्रत लिने मानिसलाई निकै कठिनाइ हुने अनुमान गरिएको छ । झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान गर्नु यो पर्वको विशेषता हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: