रमेशको धरानमा र श्वेताको काठमाडौंमा आज विहे

  प्रकाशित मिति
२२ मंसिर २०७७, सोमबार १०:४३


झापा, २२ मंसिर । चर्चित दुई सेलिब्रेटीहरु रमेश प्रसाई र श्वेता खड्काको आज हुने वैवाहिक कार्यक्रमले निकै चर्चा पाएको छ ।

झापाका प्रसाई प्रखर वक्ता तथा गायक हुन् । उनको विहे काठमाडौंमा अनाथालय चलाइरहेकी नन्दा सिंहसँग धरानमा भइरहेको छ ।

यसैगरी, नायिक श्वेता खड्काले धनगढीका विजयेन्द्रसिंह रावतसँग आज काठमाडौंको गोकर्णेश्वर फरेस्ट रिसोर्टमा विहे गर्दैछिन् ।

नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो विहे गरेकी श्वेताले श्रेष्ठको मृत्युपछि दोस्रो विहे भएको हो ।

जीवनलाई दुःखबाट सुखतिर डोहोर्याउन विहे गर्न लागेको श्वेताले फेसबुकमा लेखेकी छन् ।

उता, प्रखर वक्ता रमेशले इन्द्रेणी कार्यक्रममा दोहोरी गाएकै भरमा मिडियाहरुले लोक दोहोरी गायिका कल्पना दाहालसँग नाम जोडेर धोका दिएको भनेर लेख्ने गरेकोमा आपत्ति जनाउँदै आएका छन् ।

नन्दासँग विगत ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको जनाउँदै गायिका कल्पनासँग ३ महिना अघि मात्र चिनजान भएको र ठट्टामा बाहेक कहिल्यै पनि कल्पनासँग विहेको विषयमा कुराकानी नभएको रमेशले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: