रमेशले काँकरभिट्टाकै घरमा बेहुली भित्राउने (फोटो फिचर पनि)

  प्रकाशित मिति
२२ मंसिर २०७७, सोमबार १३:२४


फोटो ः खिलप्रसाद शिवाकोटी

झापा, २२ मंसिर । चर्चित वक्ता तथा गायक रमेश प्रसाईले मेचीनगर–६ काँकरभिट्टास्थित निवासमै आज बेहुली भित्राउँदै छन् ।

आज उनको कालिकोट घर भई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग धरानमा विहे भइरहेको छ ।

आज विहान ९ बजे काँकरभिट्टाबाटै ३ वटा गाडीमा जन्ती लिएर उनी धरान गएका थिए ।

बेहुलीलाई उनले काँकरभिट्टाकै घरमा आज बेलुका भित्राउने छन् ।

धरानमा बसेर अध्ययन गरेका प्रसाईको निजी घर काँकरभिट्टामा छ भन्ने धेरैलाई थाहा पनि छैन ।

काँकरभिट्टाको भानुटोलमा दसानो घडेरीमा उनको दुईतले घर छ । घरमा बुवा, आमा र भाइवहिनीहरु बस्दै आएका छन् ।

उनी भने धरानमै बस्दथे । धरानमा विहे हुने भएपछि धेरैले वरियात धरानबाटै आउलान् र बेहुलीसमेत धरानमै भित्राउने होला भन्ठानेका थिए ।
तर उनले आफ्नै घरबाट जन्ती लैजाने र बेहुली भित्राउने इच्छा गरेका थिए ।

जन्ती थोरै संख्यामा गएका छन् । विहेको वैदिक विधि पूरा गर्नका लागि काँकरभिट्टास्थित आफ्नै छिमेकी पण्डित हेमन्त अधिकारीलाई धरान लगिएको छ ।

जन्ती जाँदा लगाएको दौरा, सुरुवाल, कोट र टोपीमा उनी निकै खुलेका थिए, साह्रै सुहाएको थियो । निकै हतारमा रहेका उनीसँग फोटो खिचाउन भीड लागेको थियो ।

अपरान्ह सवा १ बजे जन्ती टोली विहेस्थलमा पुगेको जानकारी प्राप्त भएको छ । धरान उद्योग वाणिज्य संघको हलमा वैवाहिक कार्यक्रम राखिएको छ ।

वेहुली नन्दा सिंह काठमाडौंबाट विहेका लागि धरान आएर आफन्तको घरमा बसेका थिए ।

सबै फोटो : गोपाल शिवाकोटी, काँकरभिट्टा

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: