रमेश–केकी जोडीको ‘माया लाउ कि नलाउँ भो’ लोकप्रिय बन्दै

  प्रकाशित मिति
२ मंसिर २०७७, मंगलवार ०९:१९


झापा, २ मङ्सिर । नायिका केकी अधिकारी र पत्रकार रमेश तिवारीको अभिनय रहेको ‘माया लाउ कि नलाउँ भो’ भो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ब्युटिफुल लोकेसन र प्रेमिल शब्दहरुलाई गीत र छायाङ्कनमा समेटिएको म्युजिक भिडियो युट्युब र अन्य सामाजिक सञ्जालमा निकै मन पराइएको छ ।

प्रसिद्ध सङ्गीतकार टिका भण्डारीले सङ्गीतवद्ध गरेको भिडियोमा चुडामणि पौडेल र टिका प्रसाईको स्वर सजिएको छ ।

गीतकार चुडामणि पौडेल व्यवसायी हुन् । ‘माया लाउ कि नलाउँ भो’ गीत उनकै रचना हो । गीतमा रोमी बस्नेतको सङ्गीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत अभिनय छ ।

भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका छन् । भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

गीतकार पौडेल लामो समयदेखि हलेशी ट्रेड लिङ्क बिर्तामोड मार्फत अटो मोबाइल व्यवसायमा संलग्न छन् ।

तिहारको कोशेली स्वरूप म्युजिक भिडियो सार्वजनिक गरिएको उनले बताएका छन् ।

अभिनयको मुख्य भूमिकामा रहेका पत्रकार तिवारी विर्तामोडको सूर्योदय टेलिभिजनका समाचार सम्पादक हुन् । उनी लामो समयदेखि साङ्गीतिक क्षेत्रमा समेत क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: