झापा, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा र चुनाव चिन्ह घन्टी राख्ने भएका छन् ।
उनले आफ्नो पार्टीमा अहिले २१ जना सदस्य रहेको बताए । पार्टीमा को–को छन् भन्नेबारे उनले खुलाएका छैनन् । तर पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने उनले जानकारी दिए ।
केन्द्रीय कार्यालय उद्घाटन लगत्तै पार्टीको पहिलो बैठक बस्नेछ ।
उनले पार्टीमा चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको जानकारी दिए । आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरिएको उनले बताए ।