रहेनन् साहित्यकार उपेन्द्र पागल

  प्रकाशित मिति
१९ चैत्र २०७६, बुधबार १५:११


मेचीनगर । प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको निधन भएको छ ।

उनको ७७ वर्षको उमेरमा आफ्नै निवास सुनसरीको साविक मधेसा गाविसमा बुधबार अपरान्ह करिब २ बजेतिर निधन भएको हो ।

उनको वास्तविक नाम उपेन्द्रबहादुर बस्नेत हो । उनको एक श्रीमती र छोरीहरू मात्रै रहेका छन् । बहुमुखी प्रतिभाका धनी उपेन्द्र पागल नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्राज्ञसमेत हुन् ।

हालै इनरुवा प्रज्ञा प्रतिष्ठानको संयोजकसमेत रहेका पागलको कविता सङ्ग्रह, कथा सङ्ग्रह प्रकाशित भइसकेको छ ।

उनी चित्रकारसमेत हुन् । चित्रकार, निबन्धकार, समालोचक, कथाकारको छवि बनाएका उनले गीतसमेत लेखेका थिए ।

सञ्जीव धिमालको स्वरमा उनको गीत अहिले पनि एफएम तथा रेडियोहरूमा बज्ने गरेको छ । उनले कोरेका चित्रहरू अहिले पनि पिण्डेश्वरमा छन् । पछिल्लोपटक उराँव जातिको सांस्कृतिक अध्ययन नामक पुस्तक प्रकाशनको तयारीमा रहेका थिए । उक्त पुस्तकलाई धरानका साहित्यकार तथा समालोचक प्रा.डा. भीम खतिवडाले सम्पादन गरिरहेका थिए ।

उनलाई हालै इनरुवा नगरपालिकाले नागरिक अभिनन्दनसमेत गरेको थियो भने मोरङ बेलबारीस्थित बेलबारी साहित्य विकास समितिले ‘साहित्यिक परिक्रमा’ कार्यक्रममा सम्मानित समेत गरेको थियो ।

(ब्लास्ट खबरबाट)
https://www.blastkhabar.com/news/2020/04/01/112644.html

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: