राईसिंह पुल नजिकै मोटरसाइकलको ठक्करले पैदल यात्री गम्भीर घाइते

  प्रकाशित मिति
३० मंसिर २०७७, मंगलवार ०८:०९


विर्तामोड, ३० मंसिर । मेचीनगर–४ बाहुनडाँगीको राइसिंह पुल नजिकै पैदल हिँडिरहेकी ४० वर्षीय कुमारी राई तीब्र रफ्तारमा हुइँकिएर आएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी छन् ।

सो दुर्घटनामा बाँया खुट्टाको हड्डी भाँचिएकी घाइतेको बीएन्डसी हस्पिटलमा गए राति शल्यक्रिया भएको छ । दुर्घटना आइतवार भएको हो ।

घाइतेकी दाजु एवम् यलम्बर टाइम्सका प्रधान सम्पादक दिपीन राईले दुर्घटना पश्चात अत्याधिक रक्तश्रावका कारण घाइतेको शरीरमा रक्त अल्पताको समस्या समेत देखिएको जानकारी दिएका छन् ।

ठक्कर दिने बा६८प ८६९२ नम्बरको मोटरसाइकल र त्यसका चालक निश्चल केसीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै गर्ने शर्तमा छाडिदिएको पत्रकार राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: