राई, इङनाम र गिरीलाई पुरस्कार

  प्रकाशित मिति
४ असार २०७३, शनिबार १४:००


yek raj sir

बिर्तामोड । झापाको कनकाई नगरपालिका–९स्थित देवीप्रसाद उप्रेती निजानन्दआश्रमले साहित्य, शिक्षासेवा र पत्रकारिता क्षेत्रका तीन व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

देवीप्रसाद उप्रेतीको स्मृति साहित्यकार पुरस्कार पाँचथर रविकी सरस्वती दुमी राईलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी २१ हजार रुपैयाँ रहेको छ । त्यस्तै झापा शनिअर्जुन सालबारीका शेरबहादुर इङनामलाई शिक्षासेवाको पुरस्कार प्रदान गरिने संस्थाका अध्यक्ष त्रिलोचन संग्रौलाले जानकारी दिए ।

त्यस्तै पत्रकारिता क्षेत्रको पुरस्कार पत्रकार महासंघ झापाका सचिव एकराज गिरीलाई प्रदान गरिने भएको छ । दुबै पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ । पत्रकार गिरी पूर्वाञ्चल दैनिकका सम्पादक तथा रेडियो नेपाल झापाका सम्वाददाता हुन् ।

संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद उप्रेतीका अनुसार देवीप्रसाद उप्रेती स्मृति दिवसको अवसर पारी यही असार ११ गते शनिवार बिर्तामोडमा उक्त पुरस्कार वितरण गरिनेछ । उपप्रधानमन्त्री सीपी मैनाली स्मृति दिवस तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रुपमा आउने संस्थाका अध्यक्ष संग्रौलाले जानकारी दिए ।

तेह्रथुमको आठराई इवामा १९६९ बैशाख १ गते जन्मिएका देवीप्रसादले झापासहित पूर्वका विभिन्न जिल्लामा शैक्षिक संस्था र मठमन्दिरलाई ९ सय विगाह जग्गा धान गरेका थिए । २०४९ असार ११ गते उनको निधन भएको थियो । स्व. उप्रेतीले शिक्षा तथा समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले उनको सम्मानमा गतबर्ष हुलाक टिकट समेत प्रकाशित गरेको छ । उनको निधन पछि कनकाई नपा–९ घैलाडुब्बामा उनको उताराधिकारी संस्थाको रुपमा देवीप्रसाद उप्रेती निजानन्द आश्रम स्थापना भई विभिन्न गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: