मेचीनगर । झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगर स्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा उनमा कोभिड–१९ पोजिटिभ देखिएको हो ।
यससँगै झापामा दुई जना भाइरसबाट संक्रमित भएका छन् । यी नयाँ संक्रमित झापा राजगढ निवासी जमाती हुन् ।
आइतबार मात्रै वीरगंजमा थप दुई जनामा भाइरसको संक्रमण देखिएको थियो । योसँगै नेपालभर ५२ जनामा भाइरसको संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किसकेका छन् ।