राजनीतिक धु्रवीकरण सकारात्मक

  प्रकाशित मिति
२१ आश्विन २०७४, शनिबार ११:५५


ramchandra-dai

नेकपा एमालेको अगुवाईमा नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका बीचमा भएकोे चुनावी कार्यगत एकता हँुदै पार्टी एकीकरणसम्मको तयारीले मुलुकमा राजनीतिक तरङ्ग पैदा गरेको छ । स्थानीय तहको तिन चरणको निर्वाचन सकिए लगत्तै भएको यो ध्रुवीकरण स्थानिय निर्वाचनमा देखिएको मतपरिणामको उपज हो भन्दा अत्युक्ति हुदैन । मुलुकको राजनीतिमा दोस्रो र तेस्रो ठूला दल एक आपसमा मिल्न पुग्नुले पहिलो ठूलो दल नेपाली काङ्ग्रेसलाई प्रभाव नपार्ने कुरै भएन । अझ पहिलो र तेस्रो शक्ति मिलेर बनेको गठबन्धनको सरकारबाटै प्रमुख प्रतिपक्षसँग मिल्न पुग्ने घटना नेपाली काङ्ग्रेसलाई झस्काउने खालको नै छ । त्यसैले उसले पनि मिल्न सकिने जतिलाई मिलाएर प्रजातान्त्रिक मोर्चा बनाउने घोषणा गरेर कार्य प्रारम्भ गरेको छ ।

यो ध्रुवीकरणको मिडियामा र सामाजिक सञ्जालमा खुवै चर्चा भइरहेको छ । कसैले यसलाई राजनीतिक पार्टीहरुको सही कदम भनेका छन् त कसैले सत्ता प्राप्तिको खेलमा सीमित गरेका छन् । बुझ्नु पर्ने कुरा के हो भने देशको सबैभन्दा ठूलो, प्रभावकारी र कार्यकारी अधिकार सम्पन्न निकाय सरकार हो । सरकारको कुर्सीमा बस्ने अधिकार राजनीति गर्नेहरुलाई मात्र हुन्छ । प्रजातान्त्रिक व्यवस्थामा यस्तो अधिकार सम्पन्न कुर्सी प्राप्त गर्न जनमतको आवश्यकता पर्छ । जनमत लिएर सरकारको कुर्सी प्राप्त गर्नु राजनीतिक दलको घोषित उद्देश्य हो र हुनुपर्छ । त्यसैले यो सत्ता प्राप्तिको खेल हो भनेर नकारात्मक रुपमा लिनु पर्ने आवस्यकता छैन । राजनीति सत्ता प्राप्तिकै खेल हो । यसमा कसैले दुविधा राख्न जरुरी नै छैन । तर, राजनीतिलाई सत्ता प्राप्ति पछि सत्ता सुखमा सीमित गर्नु हुँदैन । अहिलेसम्म धेरै हदसम्म भएको कुरा सत्ता सुखका लागि सत्ता प्राप्त गर्ने र त्यसलाई टिकाई राख्न अनेक जालझेल गर्ने क्रमले निरन्तरता पाएका कारण मानिसमा राजनीति र नेताप्रति व्यापक निरासा र आक्रोस जन्मिएको छ । राजनीति के का लागि भन्ने कुरा नै ओझेल पर्न गयो । नेताको आमपरिभाषा नै फरक पर्ने खतरा देखिन थाल्यो ।

हाम्रो देशको अहिलेको प्रमुख एजेण्डा कसले सरकार बनाउने, कुन पार्टी सरकारमा जाने, को प्रधानमन्त्री वा मन्त्री बन्ने भन्ने होइन । मूल एजेण्डा देशको विकास, सुशासन र सम्बृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने हो । कुनै पनि देशको विकास, सुशासन र सम्बृद्धि राजनीतिक स्थिरता विना सम्भव छैन । राजनीतिक स्थिरता प्राप्त गर्न मुलुकमा धेरै पार्टीको आवश्यकता छैन मात्रै होइन धेरै पार्टी हुनु र तिनले चुनावमा केही न केही सिट जित्ने अवस्था हुनु राजनीतिक अस्थिरताको कारण नै हो । दुई वटा ठूला पार्टीले एक्लाएक्लै सरकार बनाउन नसक्ने अनि निकै कम सिट भएको तेस्रो र साना पार्टीलाई साथमा लिएर उनका सबै माग पुरा गेरर सरकार बनाउने गरेको इतिहास निकै लामो भयो । त्यति मात्रै होइन दुई सिट भएको पार्टी पनि मन्त्री पाउन कै लागि फुट्ने र एकएक तिर लागेर पालैपालो मन्त्री बन्ने इतिहास हामीले बनाएका छौं । मन्त्री बन्नेको योग्यता, क्षमता, आवश्यकताका कुरा छाडौं सरकार टिकाउन नै लागि पाँच उपप्रधान मन्त्री र अहिलेको झण्डै पाँच दर्जन मन्त्री के देशको आवश्यकता थियो र ? संविधानमा थ्रेस होल्ड नराख्न ठूलै बबण्डर भएकै हो । कानुनले अलिकति भए पनि व्यवस्थित गर्न सक्यो । अब पनि धेरै दल, व्यक्तिगत लाभ हानीका लागि धेरै नेता मुलुकलाई आवश्यक छैन । तर एकैपटक सोचेजस्तो परिवर्तन त सम्भव छैन । अहिले यति भनौं मुलुकमा आवश्यकताले राजनीतिक ध्रुबीकरणको सुरुवात भएको छ । यसले निरन्तरता पाओस् र सफल बन्न सकोस् ।

अब के हुन्छ ? यो एकता कुन शक्तिको इशारामा भएको हो ? यसको भविष्य कस्तो होला ? अनेकन प्रश्न छन् । कसैकसैलाई एमाले अर्थात कम्युनिष्ट पार्टी बलियो हुने पो हो कि भन्ने पीर छ । बामपन्थी रङलागेकाहरुलाई लौ अब त भने जस्तै हुने भयो, साम्यवाद नै पो निकै नजिक आयो कि भन्ने पनि परेको होला । मेरो विचारमा धेरै केही हुनेवाला छैन तर यो ध्रुवीकरणले मुलुक स्थिरता तिरको यात्राका लागि तयार भएको सङ्केत भने गरेको छ । एक ठाउँमा आउनु पार्टीहरुको वाध्यता पनि हो । संविधानले समानुपातिक निर्वाचन प्रणाली समेत अङ्गालेका कारण नेकपा एमालेले मात्रै पनि एकल बहुमत ल्याउनेमा ढुक्क हुन सक्ने अवस्था भएन । माओवादी केन्द्रका हातमा अहिलेको जस्तो सत्ताको चाबी रहिरहने कुराको निश्चिता पनि छैन । अब हुने निर्वाचनले पहिलो पार्टी नेकपा एमाले, दोस्रो पार्टी नेपाली काङ्ग्रेस बन्ने छनक स्थानीय तहको चुनावले देखाए पनि तेस्रो शक्ति माओवादी केन्द्र हुने वा मधेशवादी दल हुने भन्ने अनिश्चित छ । अहिलेको ध्रुवीकरणले आकार लिन सकेन भने देशको आगामी केन्द्र सरकारमा साना दलको जोडघटाउले महत्वपूर्ण भूमिका खेल्ने निश्चित प्रायः छ । प्रदेश सरकारमा पनि यो अवस्था नआउला भन्न सकिदैन । त्यसैले चुनाव पछिको मोलतोलभन्दा चुनाव अघि नै मिल्न सक्ने जति शक्ति मिलेर चुनावमा जाने, साझा घोषणा पत्र बनाउने, चुनावी तालमेल गर्ने, देशमा सम्बृद्धि सुशासन र विकासका साझा एजेण्डा तयार गर्ने र त्यसमा टिक्ने हो भने त्यो आगामी दिनमा नेपालीका लागि सुखद् हुनेछ । यो यसैको सुरुवात हो भनेर सकारात्मक रुपमा लिनु उपयुक्त हुन्छ ।
यो ध्रुवीकरणले माथिल्लो अर्थात बाहिरी सतहमा जुन उत्साह वा तरङ्गित बनाएको छ यसको व्यवहारिक प्रयोग त्यति नै कठिन छ । करिव चार हजार माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । प्रचण्डले आफ्नो पार्टीलाई व्यवस्थापन गर्न नसकेकै कारण यस्तो भद्रगोल अवस्था भएको हो । चुनावको मुखमा नेकपा एमालेले केन्द्र र प्रदेशको उम्वेद्वारीको धेरै स्थानमा सिफारिस गरिसकेको छ । कतिपय स्थानमा सर्वसम्मत सिफारिस भएको छ । बाबुरामको नयाँ शक्ति, तराईका हृदयेसहरुको समूहलाई सिट छुट्याएर बाँकीमा ६०÷४०को भाग लगाउने सहमति भए पनि कहाँ कसले पाउने भन्ने पहिलो किचलो कम सकस पूर्ण हुने छैन । त्यसैगरि टिकट पाइसकेपछि अस्ति भर्खर भएको चुनावमा आपूmलाई हराउन कम्मर कसेर लागेकालाई जिताउन कार्यकतालाई मनाउन कत्तिको सहज होला । यो खालको समस्या कम कटिलो छैन । तर जेहोस् यो जङ्घार नतरिकन आगामी निर्वाचन पछि मुलुकले स्थायी सरकार पाउने छाट छैन । केन्द्र र प्रदेशमा स्थायी सरकार बनाउन सकिएन भने राजनीतिक अस्थिरताको शिकार सिङ्गै मुलुक हुनेछ । अस्थिरतामा भ्रष्ट नेता, भ्रष्ट कर्मचारी र अरु भ्रष्टहरुले देशमा रजाई गर्नेछन् । दण्डित हुनुपर्नेहरु पुरस्कृत हुनेछन् र प्रोत्साहित गरिनुपर्नेहरु दण्डित र निरास हुनेछन् । अहिलेको अराजकताले निरन्तरता पाउनेछ । मुलुक कमिशन खोर र भ्रष्टहरुको चङ्गुलबाट बाहिर निस्कन सक्दैन । विदेशीले चलखेल अभैm धेरै गर्नेछन् । देशले चाहेको छ मुलुकले अब राजनीतिक अस्थिरताबाट मुक्ति पाउनै पर्छ र सुशासन, विकास र सम्बृद्धिको यात्रा सुरु गर्नैपर्छ । त्यसैले यो ध्रुवीकरणका कारण केही समस्या र सकस भए पनि त्यसलाई आँखा चिम्लेर सानातिना कुरालाई विर्सेर, अलिअलि उचनिचलाई सहेर सबैले योगदान गर्नुपर्छ, मुलुकका लागि । देशको भविष्यका लागि ।

देशमा दुईवटा ठुला पार्टी हुनु राम्रो हो । तर अहिले नै त्यो सम्भव छैन । अहिले पार्टी नै एन नभए पनि पछिसम्म सँगै हिँडने गरि साझा धारणाका साथ मोर्चा बनाएर दुईवटा शक्ति निर्माण हुने जुन सङ्केत देखिएको छ त्यसलाई स्वागत गरौं र सफल पार्न आआफ्नो स्थानबाट सकारात्मक पहल गरौं ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: