राजनीतिलाई ट्रयाकमा ल्याउने उद्घोष गर्दै शर्माले थाले महामन्त्री बन्ने अभियान

  प्रकाशित मिति
३ आश्विन २०७८, आईतवार १६:२१


विर्तामोड, ३ असोज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट चुनावी अभियानको थालनी गर्दै आफुले राजनीतिमा सच्चा परिवर्तन चाहेको बताएका छन् ।

हजारौं कार्यकर्ताले भरिभराउ विर्तामोडको अग्रसेन भवनमा आज चुनावी अभियानको शर्माले उत्साहजनक सुरुवात गरे । कार्यक्रममा जिल्लाका पार्टी नेताहरुको उपस्थिति रहेको थियो ।

शर्माले २४ बुँदे राजनीतिक अवधारणा समेत कार्यक्रममा सार्वजनिक गरे । अवधारणामा शर्माको राजनीतिक गोरेटो झल्किएको छ ।

अग्रजहरुको बलिदानले प्राप्त भएको लोकतन्त्र र गणतन्त्रलाई जोगाएर मुलुकलाई समृद्ध बनाउन उनले पार्टी, पार्टीको नीति र नेता असल तथा इमानदार हुनुपर्ने बताए ।

अबको युद्ध भ्रष्टाचारविरुद्ध हुने उल्लेख गरेका उनले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक र सांसद्मा चार पटक मात्र बन्न पाउने संबैधानिक व्यवस्था हुनुपर्ने अवधारणा प्रस्तुत गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई उनको नामै नलिइकन शर्माले तीखो आलोचना गरे । प्रधानमन्त्री भइसकेका नेताहरु आफ्ना सहयोद्धाहरुप्रति अति असहिष्णु बनेको टिप्पणी गर्दै उनले राजनीति संस्कारयुक्त बनाउने सुरुवात गर्न नेताहरुलाई सुझाव दिएका थिए ।

उनले मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको र क्रान्तिकारी नेता जन्माउन सफल भएको उल्लेख गर्दै पार्टीको महामन्त्री हुँदै भोलिका दिनमा देश हाँक्न चाहेको बताउँदा हजारौं कार्यकर्ताले एकैचोटी गडगडाहट तालीले समर्थन जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: