काँकरभिट्टा । मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७४÷०७५ मा अघिल्लो सोही अवधिको तुलनामा ३ अर्ब ६६ करोड ९२ हजार ३४ रुपैयाँ ६० पैसा बढी राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार आव २०७४÷०७५ मा १० अर्ब १८ करोड २७ लाख २ हजार ३४ रुपैयाँ ६८ पैसा राजस्व असुली भएको छ ।
अघिल्लो आव २०७३÷०७४ मा ६ अर्ब ५२ करोड २६ लाख १० हजार रुपैयाँ राजस्व मेची भन्सार कार्यालयबाट असुली भएको थियो ।
अघिल्लो आवको तुलनामा आव २०७४÷७५ मा मेची भन्सार कार्यालयले ५६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।
मुलुककै मुख्य भन्सारहरुमध्येकै एक मानिएको मेची भन्सारको राजस्व असुली अवस्था सन्तोषजनक छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्याल नयाँ सरकार आएपछि मूल्याङ्कनमा गरेको सुधार, भन्सार प्रशासन आफैले गरेको सुधारात्मक कार्य र पेट्र«ोलियम पदार्थको आयातमा भएको बृद्धिका कारणले राजस्व असुलीमा वृद्धि भएको बताउनु हुन्छ ।
भन्सारले आव २०७४÷०७५ मा वार्षिक लक्ष्यको तुलनामा ११०.८१ प्रतिशत राजस्व असुली गरेको छ ।
यस भन्सारबाट दैनिक रुपमा औसत ३ करोड रुपैयाँ राजस्व असुली हुँदै आएको छ ।
………………