राजाको पोशाक र प्रजातन्त्र

  प्रकाशित मिति
८ फाल्गुन २०७२, शनिबार ०२:४४


naresh-khati1-225x300

हान्स व्रिmश्चियन एन्डरसनले एउटा व्यङग्य कथा लेखेका छन् ‘राजा र पोशाक’ । एक जना कपडा लगाउन सौखिन राजा नयाँ नयाँ पोशाक बनाउनमा ठूलो धनराशी खर्च गर्दथे । नयाँ कपडा लगाएर देखाउन मानिसहरुका अगाडि जान खुब मन पराउँथे । एक दिन राजाको दरबारमा दुईजना ठगहरुले आफूहरुलाई कारीगर भएको बताउँदै भने –‘हजूर हामी एकदमै सुन्दर कपडा बुन्न सक्छौं । यी कपडामा एउटा गुण यो पनि छ कि मूर्खहरुले मात्रै एसलाई देख्न सक्दैनन् । सजिलै पत्ता लगाउन सकिन्छ कि कुन मूर्ख हो र कुन होइन ।’

राजाले सोचे, ‘आहा एस्तो कपडाले त धेरै काम दिन्छ । यदि मसँग एस्तो कपडा भयो भन म सजिलै पत्ता लगाउन सक्छु कि कुन मुर्ख र कुन बुद्धिमान छ भनेर । राजाले तुरुन्त एस्तै कपडा बनाउन आदेश दिए । ती ठगहरुले तान लगाएर काम सुरु गरे । उनीहरु रातभर खाली तानामा बसेर झुटो भए पनि केही न केही सटर पटर गरी राख्थे । शहर भरी खबर फैलियो कि ‘त्यो कपडा लगाउन थाले पछि कुन कुन मूर्ख छन् पत्ता लगाउन सजिलो हन्छ रे !’ मन्त्री दरबारियाहरुले ठगहरुले बुन्दै गरेको कपडाको खुब प्रंसशा गरे । किन कि उनीहरुलाई पहिला नै भनिएको थियो । ‘यो कपडा मूर्खले मात्रै देख्दैन ।’

ठगहरु हावामा कैची चलाउने र सिलाउने काम गरेको नाटक गरिरहन्थे । एक दिन कपडा तयार भयो र ठगहरुले राजालाई पोशाक लगाउन तयार पर्दै भन्न थाले ‘सरकार यो एति हल्का छ कि मानौं माकुराको जालो हो । सरकार हजुरलाई यो कपडा यस्तो सुहाउँछ कि हेर्नेहरु हेरेको हेरै हुनेछन ।’ राजा एउटा कुर्ता छाडेर सबै कपडा खालेर ठगहरुले बनाएको नयाँ पोशाक लगाएको अभिनयमा सामेल भए । राजाको सवारी भयो सारा जनताले राजाको पोशाको प्रसंशा गरे । किन भने कोही पनि आफूलाई मूर्ख बनाउन चाहदैन थिए । राजा सान दिँदै अगाडि बढ्ने व्रmममा राजालाई नाङ्गो देखेर चिच्याउँदै एउटा बच्चाले भन्न थाल्यो ‘ए हेर त राजा त नागैं छन् ।’ जब एक पछि अर्कोले यो कुरा भन्न लागे । मानिसहरु मूख लुकाएर हाँस्न थाले । ठगहरुको कर्तुत पर्दाफास भयो ।

प्रजातन्त्रको नेपाली रुपान्तरण हो ग्रीक भाषाको म्झयक र पचबतष्ब मिलेरे बनेको हो । जसको अर्थ जनता र शासन हुन्छ । त्यसैले शाब्दिक रुपमा म्झयअचबअथ को अर्थ जनताको शासन भन्ने हुन्छ । नेपाली वृहद शब्दकोशका अनुसार जनताद्वारा चुनिएका प्रतिनिधिहरुका हातमा शासनसत्ता र नीति निर्धाराण गर्ने अधिकार हुने शासन पद्दति प्रजातन्त्र हो । जनताद्वारा जनताका लागि जनताकै राय सल्लाहबाट चलाइने शासन । अमेरिकी राष्ट्रपति अब्राहम लिकङ्नले ‘प्रजातन्त्र जनताले, जतनताका लागि र जनताद्वारा गरिने शासन हो’ भनेका छन् जुन विश्वमा प्रजातन्त्रको लोकप्रिय र धेरैले मानेको परिभाषा हो ।

प्रजातन्त्रलाई प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई किसिममा वर्गीकरण गरिएको छ । प्रत्यक्ष प्रजातन्त्रमा जनता आफै प्रत्यक्ष रुपमा देशको नीति, कार्यव्रmम निर्माण तथा कानुन निर्माणमा सहभागी हुन्छन् । यस्तो व्यवस्थामा लोकमत संकलनको प्रयोग गरिन्छ । नेपालको हकमा पञ्चायत र बहुदलको निर्वाचनमा २०३६ जेठ १२ गते जनमत सङग्रहमा प्रत्यक्ष प्रजातन्त्रको प्रयोग गरिएको थियो ।

नेपालमा अप्रत्क्ष प्रजातन्त्रको अभ्यास नै बढी गरिएको छ । अप्रत्क्ष प्रजातन्त्रमा जनता सोझै शासन सञ्चालनमा सहभागी नभई आफ्ना जनप्रतिनिधिहरु मार्फत शासन गर्दछन् । जनताको अभिमत पाएर जनताका प्रतिनिधिहरुले शासन सत्ता हातमा लिएर जनताको हितका निमित्त काम गर्ने वाचा गरे पनि नेपालीहरुले त्यसको न्यानो अनुभूति गर्न पाएका छैनन् ।

वि.स.१९९३ जेठ २० गते तत्कालिन जहनिया राणा शासनको अन्त्यका लागि प्रजापरिदषको स्थापना गरेर आन्दोलन अगाडि बढाइयो । राणा शासनको पीडाबाट आहत नेपाली जनताले आन्दोलनलाई साथ दिँदै आए । राणा विरोधी दल प्रजापरिषद्मा मात्र सीमित भएन । नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी लगायतका दलको आवहानमा चर्को रुपमा आन्दोलनमा जनसमर्थन बढ्दै गयो । मोहन शमशेरको दमन चक्रले प्रतिदिन उग्रतर रुप लिदै गर्दा यसका विरोधमा, अविलम्ब व्यापक आन्दोलन छेड्नु सिवाय नेपाली काङ्ग्रेसका निमित्त अर्को बाटो थिएन । २७ सेप्टेम्बर १९५०मा भारतको वैरगनिया सम्मेलनले आगामी सङ्घर्षको सम्पूर्ण अधिकार नेपाली कांग्रेसका अध्यक्ष मातृकाप्रसाद कोइरालालाई जिम्मा दिने निर्णय गर्यो जसमा ससस्त्र सङ्घर्ष समेत थियो ।

वैरगनिया प्रस्ताव स्विकृतपछि राजा त्रिभुवनले नारायणहिटी दरबारको परित्याग गरेर, भारतीय राजदूतवासमा शरण लिए । नेपाली काङ्ग्रेसको जनमुक्ति सेनाले ससस्त्र सङ्घर्ष सुरु गर्यो । त्रिभुवन सपरिवार दिल्ली गएपछि आन्दोलनले झनै चर्को रुप लियो । २२ नोबेम्बर १९५० मा भारतका प्रधानमन्त्री जवाहरलाल नेरुले स्पष्ट रुपमा ज्ञानेन्द्रलाई मान्यता नदिने कुरा घाषणा गरे । यो सूचना अन्य राष्ट्रहरुलाई पनि दिए । वि.स.२००७ फगुन १ गते दिल्लीमा भारत सरकारको मध्यस्थतामा नेपाल सरकार (राणा सरकार), त्रिभुवन र नेपाली काँङ्ग्रेसका बीच त्रिपक्षीय सम्झौता भयो । वि.स. २००७ फागुन ४ मा त्रिभुवन सपरिवार दिल्लीबाट काठमाडौं फिर्ता आए । वि.स. २००७ फागुन ७ गते राजा त्रिभुवनले शाही घोषणामार्फत नेपालमा प्रजातन्त्र आएको घोषणा गरे ।

नेपालको इतिहासमा फागुन ७ गते धेरै दृष्टिले महत्व छ, पहिलो निर्वाचन वि.स. २०१५ को सुरुवात फागुन ७ मा आरम्भ भएको थियो । प्रजातन्त्रको पहिलो यो निर्वाचनमा १७ लाख भन्दा बढी मतदाताले भाग लिएका थिए । प्रथम जननिर्वाचित सरकारलाई असक्षम भन्दै राजा महेन्द्रले संविधानको धारा ५५ को अधिकार प्रयोग गरी देशको एकता , राष्ट्रियता र सार्वभौमिकता बचाउने, देशमा अमनचैन कायम राख्ने नाममा सत्ता हातमा लिए ।
पञ्चायत हटाएर बहुदल ल्याउन फेरि नेपाली जनताले ३० वर्ष कडा सङ्घर्ष गर्नु पर्यो । नेपाली जनताले वि.स. २०४६ को जनआन्दोलन पछि २०४७ को संविधान पाए । राजाका प्रतिनिधि र आन्दोनरत दलका प्रतिनिधिले बनाएको यो संविधानलाई विश्वकै उत्कृष्ट हो भन्दै गुनगान गाइयो । जब तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर राजनीतिक दललाई पाखा लगाए, तब मात्र थाहा भयो , संविधानमा लेखिए जस्तो जनतामा सर्वभौमसत्ता निहित रहेनछ ।

माओवादी ससस्त्र आन्दोलन र सात राजनीतिक दल मिलेर देशमा गणतन्त्र ल्याए जसमा समावेशिताको पनि नारा मिसाइयो । अब जनतालाई पक्का भयो कि अब चाहि प्रजातन्त्र आयो । संविधान सभाको निर्वाचन भयो, संविधान पनि जारी गरियो तर लामो समय देखि न्युनतम अधिकारबाट बञ्चित जनताले फेरि पनि राहतको अनुभूति गर्न पाएका छैनन् ।

नेपालको इतिहासमा राजनीतिक दलको आवहानमा पटकपटक नेपाली जनताले ज्यानको बाजी राखेर प्रत्येक परिर्वनकाल नाममा भएका आन्दोलनमा सरिक भएका हुन् । तर, प्रत्येक पटक ल्याएको प्रजातन्त्र, कथामा जस्तो ठगहरुले बनाएको राजाको पोशाक जस्तो मात्र त भइरहेको छैन ? अब्राहम लिकङनले भने जस्तै के प्रजातन्त्र जनताले जनताका लागि र जनताद्वारा गरिने शासन व्यवस्था भएको छ ? कि यो व्यवस्थालाई प्रजातन्त्र नदेख्ने जति सबै मूर्ख हुन् ? यी र यस्तै प्रश्न प्रजातन्त्रमाथि खडा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: