राजाबादीलाई बुढाथोकीको जवाफ : परिवार चलाउन नसक्नेले देश चलाउन सक्दैनन्

  प्रकाशित मिति
२९ मंसिर २०७७, सोमबार २१:२६


विर्तामोड, २९ मङ्सिर । झापाको सेतो बाघ भनेर चिनिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले ‘राजा आउ देश बचाउ’ भन्दै जुलुस निकाल्ने राजाबादीलाई कडा जवाफ फर्काएका छन् ।

आज कांग्रेसले विर्तामोडमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता बुढाथोकीले आफ्नो परिवार चलाउन नसकेका पूर्व राजाले देश चलाउन नसक्ने बताए ।

विरोध सभाका अन्य वक्ताले सत्तारुढ नेकपा र सरकारविरुद्ध धेरै शब्द खर्चिएका थिए । तर नेता बुढाथोकीले राजाबादीप्रति पनि प्रहार गरे ।

संविधानलाई कागजको खोस्टो नसम्झन चेतावनी दिदै उनले जनताको बलिदानी संघर्षबाट प्राप्त भएको गणतन्त्र, संघीयतालगायतका परिवर्तनमाथि कसैले पनि चुनौति खडा गर्न नसक्ने धारणा व्यक्त गरे ।

नेकपा सरकारको समेत आलोचना गरेका बुढाथोकीले कम्युनिस्ट सरकारको नालायकीका कारण राजाबादीहरु सलबलाएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: