राजाले लोकतन्त्र खोसेको ‘माघ १९’ मै किन सेनाको शक्ति अभ्यास ?

  प्रकाशित मिति
१८ माघ २०७७, आईतवार १८:४०


फाइल तस्वीर

झापा, १८ माघ । नेपाली सेनाले सोमबार माघ १९ गते राति बख्तरबन्द गाडीहरुले राजधानी काठमाडौंको चक्रपथ परिक्रमा गर्ने अस्वाभाविक जानकारी दिएको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार देशभर रहेको ८ वटा पृतनाबाट यही प्रकृतिको सामरिक शक्ति प्रदर्शन माघ २१ गते देशका विभिन्न स्थानहरुमा हुने छ ।

बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजनालाई सेनाले नियमित अभ्यास भनेको छ ।

तर माघ १९ भनेको पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र अपहरण गरेर सत्ता हत्याएको कालो दिन हो । त्यही दिन किन सेना सडकमा शक्ति अभ्यासमा ओर्लिदैछ ? यो प्रश्नले आम जनतालाई झस्काएको छ ।

नेपाली सेनाले बख्तरबन्द गाडीहरु यस अघि संकटकालमा बाहेक सडकमा निकालेर अभ्यास गरेको थिएन ।

प्रतिनिनिसभा विघटनले राजनीतिक अवस्था तरल भएको र अनेक आशंका बढिरहेका बेला सेनाको यो कदमले त्रास मात्र बढाएको देखिएको छ ।

जंगी अड्डाले सैनिक प्रवक्ताको ट्वीटर ह्याण्डलमार्फत यससम्बन्धी सूचना सार्वजनिक गरेर यो नियमित अभ्यासबाहेक केही नभएको सन्देश दिएको छ ।

तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते दिउँसो एक घोषणा गरी शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डल विघटन गर्दै आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन घोषणा गरेका थिए ।

जसलाई पूर्वराजा ज्ञानेन्द्रको २०६१ माघ १९ को शाही घोषणाको नामले चिनिन्छ । यस घोषणामा उनले राज्यको राजकीय तथा शासकीय सत्ता आफ्नो हातमा रहेको दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: