राजुको रफ्तार

  प्रकाशित मिति
२८ आश्विन २०७३, शुक्रबार १६:२२


coverनेपाली खेलकुदमा राजु महर्जन नौलो नाम होइन । मेचीनगर–१० काँकरभिट्टा निवासी महर्जन सितेरियो कराँते खेलका नेपालको पहिलो अन्तर्राष्ट्रिय रेफ्री हुन् । राष्ट्रिय–अन्तर्राष्ट्रिस्तरका थुप्रै प्रतियोगितामा सहभागी बनेका उनी खेलकुद क्षेत्रमा २०४२÷४३ सालदेखि नै प्रवेश गरेका हुन् ।

सुरुमा फुटबलको खेलाडी भए पनि उनलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने माध्यम भने कराँते बन्न गयो । काँकरभिट्टा माविमा अध्ययन गर्दा कराँते खेल्न सुरु गरेका उनी यस खेलमा आउनुको रमाइलो कथा छ । आफु सानो कदको भएको र सबैले हेप्ने गरेकाले आफ्नो सुरक्षाका लागि कराँते खेल्न थालेका उनी अन्नतः राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी हुँदै पहिलो अन्तर्राष्ट्रिय रेफ्रीको उपाधि पाउन सफल भए । उनलाई प्रशिक्षक विष्णु श्रेष्ठ, रमेश अधिकारी र कृष्णबहादुर बस्नेतले कराँते सिकाएका थिए ।

२०३१ सालमा बुबा कृष्णबहादुर महर्जन र आमा सुर्जुकुमारी महर्जनका कान्छा छोरा महर्जन पहिलो पटक दमकमा सम्पन्न मेची अञ्चलस्तरीय दमकमा भएको कराँते प्रतियोगितामा तेस्रो बनेका थिए ।

२०४९ सालबाट कराँतको प्रशिक्षक बनेका महर्जनले काँकरभिट्टा, धुलवारी हुँदै भारतको नक्सलबाडी, बतासी, बागडुग्रा र दार्जीलिङसम्म पुगेर कराँते खेलाडीलाई प्रशिक्षण दिएका छन् ।

२०४८ सालमा प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर पाएका थिए । त्यसपछि उनले निरन्तर प्रतियोगितामा सहभागी बन्दै आए । सुनसरीमा सम्पन्न सुष्मा कोइराला मेमोरियल अन्तर्राष्ट्रिय प्रतियोगिताबाट उनले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । भारतको उत्तर प्रदेशमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराँते खेलमा सहभागी भएका उनी भुटान, चीन, बङ्लादेशमा नेपालको कराँते टिमको नेतृत्व गर्दै जाने अवसर पाएका थिए ।

ह्वाइट बेल्टबाट सुरु भएको उनको खेल यात्राले १३ तह पार गर्दै फोर डनको उपाधि पाएका थिए । झापामा फोर डन पाउने ४ जना खेलाडी मध्येका एक हुन महर्जन । काठमाडौँमा भएको ८औँ साफ खेलमा नेपालबाट छनौट भएका अन्तर्राष्ट्रिय खेलाडी उनी अन्तिम चारमा पुगेपछि फाइनल खेल्न नपाई बाहिरिनु परेको घटना कहिलै विर्सन नसक्ने बताउँछ । राष्ट्रका लागि खेल्न तयार भएको खेलाडीलाई अन्तिम समयमा खेलबाट निकाल्दाको क्षणले सधैँ पछुतो भइरहने बताए । ‘खेलमा हाम्रो होइन राम्रो खेलाडी चाहिन्छ’, महर्जनले भने–‘खेलकुदको विकास हुनु छ भने खेलकुदमा लिने होइन दिने मान्छे चाहिन्छ । अन्तर्राष्ट्रिय खेलकुदको नियमलाई पालना गरी राम्रो खेलाडी छनौट गर्ने हो भने खेलकुदको विकाससँगै देशको विकास हुन्छ ।’

राष्ट्रका लागि खेलकुदको क्षेत्रमा महर्जनको योगदान अतुलनीय योगदान रहेको खेलकुद विकास समितिका पूर्व अध्यक्ष बालाजित राईले बताए । सानै उमेरदेखि इमान्दार र लगनशिलका साथ खेलकुदको क्षेत्रमा लागि परेका महर्जनले नेपालको इतिहासमा कराँते खेलमा पहिलो अन्तराष्ट्रिय रेफ्रीको उपाधि पाउनु झापाली खेलकुदमा मात्र होइन सिङ्गो राष्ट्रका लागि गौरवको विषय भएको छ ।

उनी २००९ मा चिनमा सम्पन्न कराँते र कुमुते रेफ्रीहरूको परीक्षामा सफल भइ नेपालको पहिलो अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल बनेका थिए । उनी यो क्षणलाई जीवनमा कहिलै र्सिन नसक्ने क्षण भएको बताउँछन् । उनी भन्छन्–‘मुस्लिम धर्म मान्ने मान्छे मक्का मदिना पुग्दा जति खुसी हुन्छन् त्यो भन्दा धेरै खुसी यो सफलतालाई लिएको छु ।’

यो उपाधी पाउने नेपालमा अहिलेसम्म ४ जना मात्र छन् । जसमध्यको एक हुन् महर्जन ।
सन् २०१४ मा कोरियामा भएको १७औँ एसियन खेलमा नेपालका तर्फबाट पहिलो नेपाली रेफ्रीको प्रतिनिधित्व गर्ने अवसर पनि महर्जनले नै पाएका थिए । उनले खेल जीवनमा थुप्रै उपाधीसँगै मेडल र प्रमाण पत्र पाएका छन् ।

खेलकुदका सँगै उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै व्रिmयाशिल छन् । मेचीनगरका १ दर्जन भन्दा बढी सङ्घ संस्थामा रहेका महर्जन धुलावारी जेसीजका वर्ष २००८ का अध्यक्ष, नेवा समाज मेचीनगरका अध्यक्ष, आदिवासी जनजाति महासङ्घ मेचीनगरका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद कर्मचारी सङ्घका पूर्वाञ्चल अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष मेचीनगर व्ल्याक बेल्ड काउन्सिलका पूर्व अध्यक्ष, रोटरी क्लब अफ काँकरभिट्टाका निवर्तमान अध्यक्ष, रोटरी क्लब जोन २३ को एसिस्टेन गभर्नर रहेका छन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यतालाई आत्मासाथ गर्दै निरन्तर यसै क्षेत्रमा समर्पित महर्जन खेलकुदकै माध्यमबाट समाज परिवर्तन गर्न सकिने बताउँछन् ।

(लोकतन्त्र पोस्टको दसैँ तिहार विशेषाङ्कमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: