‘राज्यको दृष्टिमा सबैका चाड साझा’

  प्रकाशित मिति
१३ कार्तिक २०७३, शनिबार ०९:१०


ram-karki-3विर्तामोड, १३ कात्तिक । नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार (राम) कार्कीले राज्यको दृष्टिमा सबै जात जाति र समुदायको चाडपर्व उत्तिकै महत्वपूर्ण भएको बताएका छन् ।

विर्तामोडमा नेकपा माओबादी केन्द्रको नगर कमिटीले शनिवार विहान आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

नेपाली चाडपर्वहरू सबै जाति र समुदायको साझा बन्दै गएको भन्ने विषयमा चर्चा गर्दै शरद ऋतुको आगमनमा संसारभरि चाडपर्व मनाइने उल्लेख गरे ।

मुलुकमा महेन्द्रीय राष्ट्रबादको लामो अभ्यासले सीमित समुदायलाई मात्र राज्यबाट भरणपोषण गरेको कारण बिगतमा बहुसङ्ख्यक जात, जाति र समुदायको धर्म, संस्कृति ओझेलमा परेको उनले बताए ।

ram-karki-4मन्त्री कार्कीले मुलुकले अहिले सबैको स्वाभिमान र सम्मान कायम हुने फराकिलो राष्ट्रबादको नीति अवलम्बन गरेको बताए ।

दीपावली, छठ, चासोक तङ्नाम र नेपाल सम्बतको उपलक्ष्यमा माओबादी केन्द्रले विर्तामोडमा शुभकामना आदानप्रदान तथा खुला दौड प्रतियोगिता आयोजना गरेको हो ।

४ किलोमिटर दौडमा मधुमल्ला याङदेव राई प्रथम भए । उनलाई ११ हजार नगद पुरस्कार दिइएको छ । दौडमा शनिअर्जुन अजय दनुवार दोस्रो, विर्तामोडका सन्तोष दास तेस्रो र शनिअर्जुनकै प्रकाश दनुवार चौथो भए ।

दोस्रो र तेस्रो विजेतालाई क्रमशः ७ हजार नगद र साइकल पुरस्कार दिइएको छ ।

ram-karki-1ram-karki-2सो अवसरमा झापा क्षेत्र नं. २ का सांसद सुधिर शिवाकोटी, माओबादी केन्द्रका केन्द्रीय सदस्य झलकसिंह दर्लामी, अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीइ अध्यक्ष धर्मशिला चापागाइँ, नेकपा एमालेका नगर अध्यक्ष ज्ञानु प्रसाई, विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम कार्की, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङ लगायतको उपस्थिति रहेको थियो ।

पार्टीका विर्तामोड नगर कमिटी इञ्चार्ज अरुण श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: