‘राज्यले यातायात व्यवसायीको मर्म बुझेन’

  प्रकाशित मिति
२३ फाल्गुन २०७२, आईतवार ०४:२३


????????????????????????????????????

मेचीनगर । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका केन्द्रीय सल्लाहकार श्रीप्रसाद मैनालीले राज्यले यातायात व्यवसायीको मर्म नबुझेका कारण व्यावसाय नै धरासायी बन्दै गइरहेको बताएका छन् ।

पूर्वी नेपाल यातायात व्यवसायी सङ्घ काँकरभिट्टाको १०औँ वार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै अध्यक्ष मैनालीले यस्तो बताएका हुन् । ‘व्यवसाय नै धरापमा परेको छ’, मैनालीले भने, ‘एकातिर यातायात व्यवसायीहरूलाई राज्यले सुरक्षा दिन सकेको छैन, अर्कातर्फ सडकको अवस्था उस्तै नाजुक छ । यातायातलाई विकासको मेरुदण्ड मान्ने अनि यही क्षेत्रलाई सुरक्षित रुपमा सञ्चालन गर्न नदिने । यो कस्तो विडम्बना हो ?’

मेची बस व्यवसायी सङ्घका अध्यक्ष समेत रहेका मैनालीले यात्रुको चाप र सडकको अवस्था हेरेर मात्र रुट परमिट दिनु पर्ने बताए । ‘वर्षेनी हजारौँ सवारी भित्रिन्छन्, राज्यको खरबौँ लगानी विदेशिएको छ, कति सवारी गुड्दैछन् भन्ने कुनै लेखाजोखा छैन’, उनले भने, ‘यसलाई रोक्ने कुनै निकाय छैन्,  जथाभावी सवारी दौडाइएको छ अनि अन्त्यमा व्यवसायी नै धरापमा पर्ने अवस्था सिर्जना भएको छ ।’ उनले यस क्षेत्रमा व्यक्तिको शासन होइन, विधिको साशन लागु गर्नुपर्ने बताए । सवारी ऐन २०४९ अनुसार सवारीलाई व्यवस्थित गरेर लैजानु पर्नेमा उनले जोड दिए ।
कार्यव्रmमका विशेष अतिथि  नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ मेची अञ्चल संयोजक राजेन्द्र रिजालले राज्यले यातायात व्यवसायीहरूको संस्थालाई नविकरण नगरेर व्यवसायीलाई अन्याय गरेको बताए ।
उनले अनेकन बन्द र हड्तालका बाबजुत आफैँलाई जोखिममा राखेर राज्यका लागि व्यवासय सञ्चालन गरे पनि यसतर्फ राज्यको ध्यान जान नसेकेका कारण आफूहरू अन्यायमा पर्दै आएको बताए । रिजालले यसतर्फ राज्यको गम्भीर भएर नसोच लाखौँ यातायात मजदुर र व्यवसायीहरू सडकमा आउन बाध्य हुनु पर्ने बताए ।

सङ्घका अध्यक्ष दलबहादुर बुढाथोकीको सभापतित्व कार्यव्रmममा नेपाल यातायात मजदुर सङ्घका केन्द्रीय सदस्य प्रल्लाहद श्रेष्ठ, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषका उपाध्यक्ष दुर्गा अर्याल, काँकरभिट्टा खानेपानीका अध्यक्ष सुर्यप्रकाश उप्रेती, सङ्घका संस्थापक अध्यक्ष नरबहादुर बुढाथोकी, पूर्व अध्यक्ष ज्ञानेन्द्र घिमिरे, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घठनका काँकरभिट्टा इकाइका अध्यक्ष खडानन्द भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्घका जिल्ला कोषाध्यक्ष हरि निरौला, नेपाली काङ्ग्रेसका नगर सचिव हस्त आङ्देम्बे, राप्रपा नेपालका नगर अध्यक्ष सुशील आचार्य, महिला सञ्जाल झापाकी अध्यक्ष माया गुरुङ लगायतले यातायात व्यवसायलाई सेवामुखी बनाएर लैजानु पर्ने कुरामा जोड दिए ।

साधारण सभाको अवसर पारेर संस्थाले दुई व्यवसायी र दुई चालकलाई सम्मान गरेको छ । सम्मानित व्यवसायीमा जयप्रसाद तामाङ (च्याङ्बा), तिलकबहादुर राई तथा चालकतर्फ अशोक मगर र भेषराज राई रहेका छन् । सम्मानित व्यक्तिहरूलाई जनही २ हजार र प्रशंसापत्रद्वारा सम्मान गरिएको कार्यालय प्रमुख गोपालप्रसाद सिवाकोटीले बताए ।

संस्थाका उपाध्यक्ष जयप्रसाद तामाङ (च्याङ्बा) तामाङले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सचिव केशव गिरीले गरेका थिए ।
यसैबिच, पूर्वी नेपाल यातायात व्यवसायी सङ्घ काँकरभिट्टाको अध्यक्षमा केशव गिरी निर्वाचित भएका छन् । सङ्घको १० औँ वार्षिक साधारण सभाबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि सचिव रहेका गिरी शनिवार भएको निर्वाचनबाट निर्वाचित भएका हुन् । सङ्घको उपाध्यक्षमा जयप्रसाद तामाङ (च्याङ्वा), सचिव राजकुमार थापा मगर, सहसचिव माया गुरुङ र कोषाध्यक्षमा भीमबहादुर महत निर्वाचित भएका छन् ।

सदस्यहरूमा दलबहादुर बुढाथोकी र तिलक राई निर्वाचित भएका निर्वाचन समितिका संयोजक मोहनप्रकाश उप्रेतीले बताए । सहसचिव गुरुङ अत्याधिम मत ल्याएर निर्वाचित भएकी थिइन् । सदस्य बुढाथोकी निर्वतमान अध्यक्ष हुन् ।

७ सदस्यका लागि १२ जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको थियो । सङ्घको विधान अनुसार निर्वाचनबाट ७ जना सदस्य पदमा निर्वाचित हुनु पर्ने छ । ७ सदस्यीयबाट पदाधिकार चयन हुने प्रावधान रहेको छ । निर्वाचित सदस्यहरूको सहमतिको आधारमा पदाधिकारी चयन भएका थिए । अब ४ जना सदस्य मनोनित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: