राज टि स्टेटका मजदूरले बैशाख ३ देखि बगान खोल्ने

  प्रकाशित मिति
२६ चैत्र २०७५, मंगलवार १७:१४


मेचीनगर । सरकारले तोकेको ज्याला नपाएको भन्दैं मजदुर आन्दोलनमा उत्रिएपछि बन्द भएका पूर्वका चिया बगानहरु मध्ये झापाको मेचीनगर—७ मा रहेको राज टि स्टेट बैशाख ३ गतेबाट सञ्चालनमा आउने भएको छ ।
मङ्गलबार मेचीनगर नगरपालिकाले नगरप्रमुख विमल आचार्यको कार्यकक्षमा नगरभित्र सञ्चालनमा रहेका बगान सञ्चालक, सरकारका प्रतिनिधि र त्यसमा कार्यरत चिया मजदुरका प्रमुख प्रतिनिधिहरुसँग समस्याको समाधानका लागि आयोजना गरेको छलफलमा राज टि स्टेटका सञ्चालक सन्तोष सुब्बाले श्रम ऐन २०७५, सामाजिक सुरक्षा ऐन २०७५ र नेपाल सरकारले तोकेको चिया श्रमिकहरुको न्यूनतम ३ सय ८५ रुपैयाँ २०७५ साउन १ गतेदेखिनै कार्यान्वयन गर्ने र ऐनले तोके अनसारको न्युनतम पारिश्रमिक दिने भन्दैं बैशाख ३ गते देखि बगान खोल्ने बताए ।

उनले सरकारले कारखाना सञ्चालकभन्दा पनि हरियो चियापत्ती उत्पादन गर्ने कृषकलाई अनुदान, सहुलियत दिनुपर्ने माग गरे । नेपाली चियाको गुणस्तरमा उत्पादकले ध्यान दिन र गुाणस्तर खोज्न जरुरी रहेको तथा बजार व्यवस्थापनमा सरकार लाग्नुपर्ने उनको भनाई थियो ।

श्रम कार्यालय मेचीका प्रमुख दुर्गा आचार्यले सरकारले चिया किसानलाई दिने अनुदान सहयोग र सहुलियतमा कुनै कमी आउन नदिने र सम्बन्धित मन्त्रालयले तत्काल बगान खोलेर कामलाई निरन्तरता दिन सम्बन्धित सवैमा जानकारी गराएको बताए ।

छलफलमा सहभागी अन्य बगान सञ्चालकहरुले समस्याको मुख्यः जड बगान सञ्चालक र मजदुर नभई स्वयम् सरकार रहेको टिप्पणी गरेका थिए । सरकारले हजुवाका भरमा कुनै गृहकार्य नगरी न्यूनतम पारिश्रमिक तोक्नुले नेपालका चिया बगान कौडीको दाममा विक्री गरी चिया बगान सञ्चालन पलायन हुन बाँध्य पारेको बताए । नेपाल चिया विकास निगमका जीएम लोकनाथ दंगालले चिया बगान व्यवस्थापन पक्षले नभई मजदुरका कारण बन्द भएकाले स्वय्म मजदुरले नै बगान खोल्नुपर्ने बताए ।

मजदुर नेता भरत राईले मजदुरबाट श्रम दिने कुरामा कहि कतै कमजोर भए सच्याएर लैजाने प्रतिवद्धता जनाउदैं नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले२ ०७५ साउन १ गतेदेखि लागू हुने गरी तोकिएको चिया बगान तथा कारखानामा कार्यरत श्रमिकहरुको न्यूनतम आधारभूत पारिश्रमिक दैनिक २ सय ३१ महंगी भत्ता १ सय ५४ गरी कुल ३ सय ८५ तोके पनि आठ आठ महिना वितिसक्दा सम्म कार्यान्वयन नभएको प्रति आक्रोश पाखे । उनले यो माग जुनसुकै हालतमा पनि कार्यान्वयन गराएरै छाड्ने बताउँदै यो आन्दोलनलाई सामान्य ठानेर मजदूरका मागप्रति सकरात्मक नबने अझ सशक्तरुपमा आन्दोलनमा जाने बताए । उनले चिया बगान सञ्चालकहरुलाई मजदुरलाइ थप सडक आन्दोलनमा जान बाँध्य नबनाउन समेत आग्रह गरे ।

नगरपालिकाकातर्फबाट नगरप्रमुख विमल आचार्यले सरकारले गरेको निर्णय, यो देशको ऐन कानुन हरेकले मान्नुपर्ने बताए । उनले स्थानीय सरकारका हैसियतले मजदुरलाई सडक आन्दोलन छाडेर तथा चिया बगान सञ्चालकहरुले बगान खोलेर नियमित कामकाज गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे आफुहरु कानुन कार्यान्वयन गराउने जिम्मेवार निकाय भएकाले यसलाई समस्याका रुपमा चर्काएर माथि लैजानु भन्दा सवै एकठाउँमा उभिएर सामुहिकरुपमा समाधानको पहल गर्न समेत उहाँले सम्बन्धित सवैलाई आग्रह गरे ।

छलफलमा उपप्रमुख मीना पोखरेल उप्रेती, वडानम्बर ७ का वडाध्यक्ष चन्दन मेचे, वडा सदस्य नेत्रप्रसाद दाहाल, नेपाल चिया विकास निगमका पुण्यप्रसाद ढकाल, सतिघट्टा चिया बगान सञ्चालक रमेश पराजुली, प्रवन्धक आत्मराम ढकाल, वैभव टि स्टेटका सञ्चालक सिएम मित्तल, प्रवन्धक ओमप्रकाश झा, मजदुरकातर्फबाट मजदुरनेताहरु मिलन राई, विक्रम गिरी, तीलक दर्जी, कमला खनालको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: