‘रातको समयमा पुस्तक पढ्छु’

  प्रकाशित मिति
१७ जेष्ठ २०७३, सोमबार ०३:५०


20160527_114446

शालिकराम भट्टराई (अन्तरे) कृषि विकास कार्यालय झापाका बाली प्राविधिक तथा सञ्चार संयोजक हुन् । उनी जागिरबाट उभ्रिएको समय साहित्य क्षेत्रमा विताउँछन् भन्दा फरक पर्दैन । उनका झापाबाट प्रकाशित पत्रपत्रिकामा थुप्रै लेख रचना छापिएका छन् । हाल उनी  ‘धानको भात’ भन्ने उपन्यासमा लेखनीमा व्यस्त छन् । 

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
जीवन काँढा कि फूल ।

कस्ता पुस्तक बढी मन पर्छन् ?
यथार्थ धरातलमा टेकिएर लेखिएका पुस्तकहरु ।

मन परेको नेपाली लेखक ?
भूपि शेरचन ।

साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
घुम्ने मेच माथि अन्धो मान्छे ।

पुस्तक खरिदमा कति खर्च हुन्छ ?
वार्षिक औसत सात हजार रुपैयाँ ।

पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
आफ्ना पुस्तक अरुले लगेपछि कहिल्यै फिर्ता आउँदैनन् । त्यो बुझेर एकपटक नजिकका आफन्तले माग्दा दिइनँ । ती आफन्त रिसाएको सत्र बर्ष भयो । यो निक्कै दुःखद् सम्झना आइरहन्छ । बरु दिनु पर्ने रहेछ, भन्ने अहिले लाग्छ ।

पुस्तक पढ्ने उपयुक्त समय ?
सुनसान होस्, रातको नौ बजेदेखि बाह्रबजेसम्म ।

पुस्तक कसरी राख्नु हुन्छ ?
र्याकमा व्यवस्थित सजाएर ।

पढ्न मन लागिरहेको पुस्तक ?
सेतो धर्ती ।

कुन पुस्तक लेख्दै हुनुहुन्छ ?
उपन्यास– धानको भात ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: