झापा, २० भदौ । रातको बेला काँकरभिट्टातिरबाट आएको अटोलाई केर्खा चोकमा रोकेर चेकजाँच गर्दा प्रहरीले एक झोला प्रतिबन्धित लागूऔषध फेला पारेको छ ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सुमनकुमार तिम्सिनाका अनुसार शुक्रवार राति साढे ७ बजेतिर प्रहरीले मे१ह ६३७६ नम्बरको अटो जाँच गर्दा डायजोपाम, लुपिजेसिक र फेनारगन नामक लागूऔषध १२० एम्पुलका दरले बरामद भएको हो ।
सो सामान दमक–७ का ४० वर्षीय रोशन साह र १८ वर्षीय दिपक गुरुङले दमकतिर लैजाँदै थिए ।
दुबैलाई पक्राउ गरी प्रहरीले कानूनी कार्वाही सुरु गरिसकेको छ ।