राप्रपाका नेता लिङ्देन अस्पतालबाट डिस्चार्ज

  प्रकाशित मिति
५ पुष २०७७, आईतवार १८:१४


झापा, ५ पुस । राप्रपाका नेता तथा विघटित प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ललितपुरको मिडिसिटी अस्पतालमा करिब १० दिनको उपचारपछि उनी आइतबार डिस्चार्ज भएका हुन् ।

निमोनियाका कारण सिकिस्त भएपछि उनलाई झापाबाट नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

उनले आफूले उपचार गराएका सबै अस्पतालहरूलाई धन्यवाद दिएका छन् ।

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही दिनको अस्पताल बसाइपछि आज फर्केको छु । मेरो स्वास्थ्य उपचारमा संलग्न कञ्चनजंघा अस्पताल, बीएण्डसी र विशेषगरी मेडिसिटी अस्पतालप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य अवस्थाबारे असाध्यै चिन्ता, चासो र शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा कृतज्ञता व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: