राप्रपाबाट मेयरको उम्मेद्वार परिवर्तन

  प्रकाशित मिति
२८ जेष्ठ २०७४, आईतवार १७:३८


ramesh dahal
काँकडभिट्टा । राष्ट्रि«य प्रजातन्त्र पार्टीले मेचीनगरको मेयर पदमा उम्मेद्वार परिवर्तन गरेको छ ।

एक महिना अघि घोषणा गरेका उम्मेद्वार अशोक सुब्बा पछि हटे पछि राप्रपाले क्षेत्रीय सभापति रमेश दाहाललाई आज मेयर पदमा उम्मेद्वार बनाउने घोषणा गरेको हो ।

राप्रपा मेचीनगरद्वारा आज काँकरभिट्टामा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेद्वार परिवर्तन भएको जानकारी दिएका हुन् ।

‘उहाँ (अशोक सुब्बा)ले दौडधुप गर्न नसक्ने अवस्था आयो’, महामन्त्री लिङ्देनले पत्रकार सम्मेलनमा भन–‘क्षेत्रीय सभापति रमेश दाहाललाई मेयर पदमा उम्मेद्वार बनाउने निर्णय गरियो ।’

पार्टीले यस अघि मेयरमा सुब्बालाई र उपमेयरमा सबिना बजगाइँलाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो । तर उम्मेद्वारी घोषणा भएको लामो समय बितिसक्दा समेत मेयरका उम्मेद्वार भोट माग्न हिँडेको पाइएको थिएन । उपमेयरमा बजगाइँ नै उम्मेद्वार बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: