राप्रपा चुनावपछि पहिलो शक्ति बन्छ : लिङ्देन

  प्रकाशित मिति
१२ आश्विन २०७९, बुधबार १९:२२


झापा, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने बताएका छन् ।
बुधबार काठमाडौंमा रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि आयोजित कार्यक्रममा उनले मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने दाबी गरेका हुन् ।

हामी ठिक ढंगले अगाडि गयौं भने म फेरि पनि भन्छु– ‘रापप्रा आउने संसदमै पहिलो पार्टी बन्न सक्छ । हारिन्छ कि भन्ने हीन मानसिकता त्यागेर अगाडि जानु पर्यो । म यहीँबाट पार्टीका सबै अगुवा नेता साथीहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेद्वार घोषणा गरेर अगाडि बढ्न आग्रह गर्दछु । पछाडि हट्ने होइन, भाग्ने होइन ।’

पार्टीका अगुवा नेताहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेद्वारी घोषणा गरेर अघि बढ्न पनि उनले निर्देशन दिए । प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेद्वारी दिने उल्लेख गर्दै उच्च मनोबलका साथ निर्वाचनको तयारीमा जुट्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

‘म यहीँबाट देशको परिवर्तनको पक्षमा, यो अवस्था बदल्नुपर्छ भन्ने पक्षमा रहेका बुद्धिजीविहरू, जो राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरू आउनुस्, राप्रपामा जोडिनुस् । हामी योग्यता, क्षमता भएका साथीहरुलाई उम्मेद्वार बनाउन तयार छौं‚’ उनले भने, ‘हामी १६५ वटै प्रतिनिधिसभामा र ३३० वटै प्रदेशसभाको निर्वाचन क्षेत्रमा उम्मेद्वार तय गरेर जान्छौं । त्यसकारण सबैलाई उच्च मनोबलका साथ अगाडि बढन आग्रह गर्दछु ।’

पार्टीमा प्रवेश गरेका रविन्द्र मिश्र लगायतका नेतालाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: