राप्रपा मेचीनगरमा उम्मेद्वारको टुङ्गो

  प्रकाशित मिति
१९ चैत्र २०७३, शनिबार १९:१९


rpp

झापा । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगर नगरपालिकाका मेयर र उप मेयरको नाम टुङ्गो लगाएको छ ।
राप्रपा मेचीनगर समितिका अध्यक्ष सुशील आचार्यको अध्यक्षतामा शनिबार धुलाबारीस्थित नगर पार्टी कार्यालयमा आयोजित बैठकले मेयर र उप मेयरका उम्मेद्वारको नाम टुङ्गो लगाएको हो ।

बैठकमा सहभागी सो पार्टीका क्षेत्रीय सदस्य नीरबहादूर कार्की (नेत्र) का अनुसार मेयर र उप मेयर पदका लागि थुप्रै आकाङ्क्षीहरुले इच्छा ब्यक्त गरे पनि छलफलपछि मेयरमा अशोक सुब्बा र उप मेयरमा सविना बजगाईंको नाम सर्वसम्मत रुपमा पारित गरिएको हो ।

त्यसैगरी सो बैठकले निर्वाचनका लागि पार्टीका क्षेत्रीय अध्यक्ष रमेश दाहालको संयोजकत्वमा जिल्ला उपाध्यक्ष कल्याण खड्का र नगर अध्यक्ष सशील आचार्य सदस्य रहनुभएको ३ सदस्यीय वार्ता तथा सम्वाद समिति समेत गठन गरेको छ ।
उक्त निर्वाचनका लागि नगर पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेद्वारहरुको टुङ्गो लागी नसके पनि अधिकाँश वडा अध्यक्षहरुको नाम सर्वसम्मत भईसकेको र बाँकी अन्यको भने आगामी मङ्गलबारसम्ममा सार्वजनिक गरिने उनले जानकारी दिए ।

उक्त बैठकले आउँदो सोमबार काँकरभिट्टामा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनसहित केन्द्रीय सदस्यहरुको उपस्थितिमा निर्वाचनलाई लक्षित गरी नगरस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण आयोजना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: