‘राप्रपा विषयमा विद्यावारिधि’ गर्ने पहिलो बने झापाका गिरी

  प्रकाशित मिति
४ आश्विन २०७८, सोमबार १८:०५


झापा, ४ असोज । झापाको गौरादह–१ का राजेशचन्द्र गिरीले ‘नेपालको संसदीय अभ्यासमा राष्ट्रिय प्रजातन्त्र पार्टी’ विषयमा विद्यावारिधि गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुले आज विद्यावारिधि शोध सफल भएको जानकारी दिएको गिरीले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीले वि.सं. २०४७ देखि २०७४ सम्म संसदीय अभ्यासमा रहँदा गरेको गतिविधि र उसका नीति कार्यक्रमलाई उनले शोधको विषय बनाएका थिए ।

राजेशचन्द्र गिरी ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य सम्पादन समितिका सदस्य रहेका उनी २०७३ सालतिर पार्टीको सहमहामन्त्री समेत थिए ।
अध्ययन र राजनीति दुबैलाई आगामी दिनमा समेत सँगसँगै लैजाने डा. गिरीले बताए ।

नेपालमा राजनीतिक दलको विषयमा विद्यावारिधि गर्नेहरु राजनीतिक क्षेत्रमा अरुहरु पनि छन् । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले गत वर्ष नेपालको कम्युनिस्ट आन्दोलन विषयमा शोध पूरा गरी त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।

झापाकै राजकुमार पोखरेल र अभियन्ता सुरेन्द्र केसीले पनि कम्युनिस्ट आन्दोलनकै विषयमा विद्यावारिधि पूरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: